खबर पूर्वाञ्चल
कोशी प्रदेश सरकारले स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित देशकै पहिलो प्राविधिक विश्व विद्यालयमन मोहनले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाई सुरु गराउने तयारी थालेको हो ।
विश्वभरि प्राकृतिक स्वास्थ्यको बढदो मागलाई ख्याल गर्दै दक्ष जनशक्त्ति उत्पादन गरेर रोजगारमा आत्मनिर्भर बनाउन देशमै पहिलो पल्ट पहिले स्नातक र त्यसपछि मास्टर्स तहमा योग तथा प्राकृतिक चिकित्साको पढाई सुरु गराउनलागेको मनमोहनकाउपकुलपति डा सुभाषश्री पोखरेलले बताए ।
नेपालमै प्राकृतिक स्वास्थ्य शिक्षाको पढाई सुरु गराउनलागि नेपाल र भारतका विज्ञहरुबाट धमाधम पाठयक्रम निर्माण भैरहेको उपकुलपति डा सुभाषश्रीले जानकारी दिए । उनका अनुसार पाठयक्रम निर्माणपछि तुरुन्तै अनुमति प्राप्त गरेर प्राकृतिक स्वास्थ्यबारे पहिले स्नातकर त्यसपछि क्रमश मास्टर्स तहको कक्षा सञ्चालनगर्ने तयारी भैसेकेको छ ।
‘प्राकृतिकचिकित्सामा विश्वभर विश्वास बढदो रहेको तर सोहीअनुसार दक्षजनशक्त्तिको चरम अभाव भएकोले देशमै पहिलोपल्ट उच्च शिक्षाको पढाई मनमोहनले सुरु गर्न लागेको हा’ै, उपकुलपति पोखरेलले भने ।
मनमोहन विश्विद्यालयका कुलपति तथा कोशी प्रदेसका मुख्यमन्त्री हिक्मत कार्कीले मनमोहनले निर्माण गर्न लागेको प्राकृतिक स्वास्थ्य शिक्षा नीति अत्यन्तै समय सापेक्ष रहेकोले आफुले पनि चाँडो पाठयक्रम निर्माण गरेर कक्षा सञ्चालन गराउन निर्देशन दिइसकेको बताउँछन । उनले रोग लागेर उपचारकालागि अस्पताल गएर जिवनभरि कष्टले कमाएको धनखर्च गर्नुभन्दा रोग लाग्ने अवस्था नै आउन नदिनु उत्तम उपाय भएकोले प्राकृतिक स्वास्थयबारे विश्विद्यालयतहमा पठनपाठन ह्नु अति नै आवश्यक भएको बताए । कुलपति तथा मुख्यमन्त्री कार्कीले भने , ‘शौचालय , खानेपानी र वतावरण अनि अहारविहार स्वास्थ्य बनाउने उपाय मात्र हामीले अवलम्बन गरयौ भने धेरै रोगहरुबाट बच्न सक्छौ यसैले प्राकृतिक स्वास्थ्य शिक्षा अति नै सान्र्दभिक र आवश्यकछ ।’,
कोशी प्रदेशका पूर्व समाजिक विकास मन्त्री जिवन घिमिरेले आफुहरुले प्रदेशका सबै विद्यालयमा योग शिक्षा लागू गर्न खोजे पनि दक्ष जनशक्त्तिको अभावले गर्दा संभव नभएको बताए । उनका अनुसार उच्च शिक्षा पढेका प्राकृतिक चिकित्साका दक्षजनशक्त्ति उत्पादन गर्न सकेमा नेपालमा मात्र नभै विश्व बजारमा पनि खपत गर्न सकिने दाबी गरे ।
प्राकृतिक स्वास्थ्य विज्ञ डा. जनक बस्नेतले दक्ष जनशक्त्ति नहुँदा नेपालमा खुलेका प्राकृतिक अस्पतालहरुले दक्ष जनशक्त्तिको चरम अभाव झेल्नु परिरहेको बताए । उनका अनुसार हाल नेपालमा खुलेका नेचुरोप्याथी अस्पतालहरुले भारतबाट चिकित्सक र अन्य जनशक्त्तिहरु ल्याउन बाध्य भैरहनु परेको छ । अर्कोतिर प्राकृतिक स्वास्थ्यशिक्षा पढन चाहनेहरुले भारत जान बाध्य भैरहनुपरेको छ ।
काठमाण्डौमा प्राकृतिक अस्पताल समेत सञ्चालन गरिरहेका डा.बस्नेतका अनुसार भारतमा ४० भन्दा बढि शिक्षालयमा प्राकृतिक स्वास्थ्यबारे उच्च शिक्षातहको पढाई भैरहे पनि नेपालमा विश्विद्यालयमा तहमा अझैसम्म पठन पाठन सुरु हुन सकेको छैन । उनले प्राकृतिक स्वास्थ्य शिक्षाका लागि उत्पादन भएका जन शक्त्तिलाई बजार अभाव नभएको र माग पनि उच्च भएकोले रोजगारको चिन्तानभएको दाबी गरे । उनले योग तथा प्राकृतिक शिक्षाबारे पाठयक्रम निर्माण गर्न लागेकोमा मनमोहनलाई धन्यबाद पनि दिए । उनका अनुसार प्राकृतिक स्वास्थ्य चिकित्साले मानिसहरुलाई बढदो मानसिक समस्याबाट जोगाउन र आत्म हत्या गर्नु पर्ने बाध्यताबाट जोगाउन पनि सहयोग गर्दछ ।
मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले स्थापना गरेको हो । यो विश्व विद्यालयमा हाल ईन्जिनियरिङतर्फ स्नातकतहको शैक्षिक सत्र सुरु भैसकेको छ । यसैगरि पारामेडिकलतर्फ विभिन्न बिषयमा स्नातक र स्नातोकोत्तरमा पठनपाठन गराउनकालागि पाठयक्रम निर्माण भैसकेको छ । साथै आगामी सत्रदेखि फार्मेसीतर्फ भर्ना आवेदन खुलाउने तयारी भैसकेको छ ।