AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ फाल्गुन २०८१, सोमबार १५:५१
72
Shares
विराटनगर / कोशी प्रदेश सरकार मातहतमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ वटै जिल्लामा रहेको सरकारी हस्पिटलहरुमा ल्याब सेवा विस्तार गरेको छ ।

विराटनगर १४ मा रहेको प्रयोगशालाले कोशी प्रदेश भित्रको १४ जिल्ला अस्पताल र पाँच वटा नगर अस्पतालमा ल्याब सेवा विस्तार गरेको हो । अस्पतालबाट नमूना संकलनको लागि प्रयोगशालाले नेपाल क्यान मुभसँग सम्झौता गरेको छ । सम्झौता अनुसार क्यानले जिल्ला अस्पताल र नगर अस्पतालहरुबाट नमूना संकलन गरेर प्रयोगशालासम्म ल्याउनेछ । त्यसपछि प्रयोगशालाले परीक्षण गरेर सम्बन्धित अस्पतालहरुमा रिपोर्ट पठाउने प्रणालीको विकास गरेको छ ।

सम्झौता पत्रमा प्रयोगशालाको तर्फबाट निमिक्त कार्यालय प्रमुख प्रकाश चन्द्र कार्की र नेपाल क्यानको तर्फबाट विराटनगर शाखा प्रमुख सन्दिप तिम्सिनाले हस्ताक्षर गरेका छन् ।

सर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा १४ वटै जिल्लाभित्रका अस्पतालहरुमा पुर्याउन लागि परेको कार्यालय प्रमुख प्रकाश चन्द्र कार्कीले बताए । यसअघि उक्त प्रयोगशालाको सेवा मोरङ भित्रका अस्पतालहरुमा मात्र सेवा प्रभावह गर्दै आएको थियो । कार्यालय प्रमुखको जिम्मेवारी कार्कीले पाएपछि १४ वटै जिल्ला भित्रका अस्पतालहरुमा सेवा विस्तार सुरू गरिएको उनले बताए । अहिले मोरङ र सुनसरी जिल्ला भित्रका अस्पतालहरुसँग सम्झौता गरिएको उनले बताए ।

विस्तारै १४ जिल्ला अस्पताल र ५ वटा नगर अस्पतालहरुमा पनि सम्झौता गर्ने उनले बताए । ‘सम्झौता भएपछि अस्पतालमा नहुने परीक्षणहरु प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाउनेछन् । त्यसको लागि हामीले नेपाल क्यान सँग सम्झौता गरेका छौं । अस्पतालले नमूना संकलन दिएर क्यानलाई पठाउने छ । क्यानले नमूना ल्याएपछि हामी परीक्षण गरेर अनलाइनमार्फत रिपोर्ट सम्बन्धित हस्पिटलमा पठाउनेछौं,’ उनले भने, ‘प्रयोगशालामा आएको नमूना यहाँ हुदैन भनेर हामी कसैलाई पनि फर्काउने छैन । त्यसको लागि हामीले यहाँ परीक्षण नहुने टेस्टहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पनि सम्झौता गरेका छौं ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जनस्वास्थ्यसँग सम्बिन्धत र अस्पतालमा आधरिता सम्पूर्ण जाँ हुने गरेको उनले बताए । यहाँ अत्याधुनिक उपकरणहरुबाट हजार बढी जाँच हुने गरेको छ ।

नेपाल क्यानको तर्फबाट विराटनगर शाखा प्रमुख सन्दिप तिम्सिनाले सन् २०१९ मा स्थापना भएको क्यानको ७७ वटै जिल्लामा शाखा कार्यालयहरुबाट होम डेलिभरी सेवा दिदै आएको बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग सम्झौता गरेपछि छिटो र छरितो तरिकाले मानव जैविक नमुनाहरु संकलन गरि तोकिएको मापदण्ड अनुसार सुरक्षित ढुवानि गर्ने बताए ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशको स्वास्थ्य मन्त्री भुपेन्द्र राईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सस्तोमा गुणस्तरीय सेवा दिदै आएको प्रदेशका सबै नागरिकसम्म पुर्याउनुपर्ने बताए । अहिले पनि धेरै नागरिकले प्रदेशले जनस्वास्थ्यले प्रभावह गर्ने सेवाबारे अनविज्ञ रहेको जानकारी दिदै मन्त्री राईले स्वास्थ्य जनचेतना फैलाउन जरुरी रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव डा। राधिका थपलियाले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा विस्तार १४ वटै जिल्लामा पुर्याउन मन्त्रालयले सबै प्रकारको सहयोग गरेर अगाडी बढने बताए । प्रदेशले प्रदान गर्ने सेवा गुणस्तरीय र भरपर्दो सेवा प्रदान गरिनुपर्नेमा उनले जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर