AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको कान्तिपुर कलेजद्वारा एमबीबीएसमा नाम निकाल्न सफल राजनारायण महतोलाई नगद १ लाखसहित सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०८२, शुक्रबार १३:३६
315
Shares
विराटनगर / गुणस्तरीय शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउन सफल विराटनगरको कान्तिपुर कलेजले एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने तीन जनासहित ३१ जना प्रतिभाशाली विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

कलेज परिसरमा आज आयोजित एक विशेष कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल राजनारायण महतो, करुणाकुमारी साह र प्रिन्सन श्रेष्ठलाई कलेजले सम्मान गरेको हो । जसमध्ये प्रवेश परीक्षामा ३९ औं स्थानमा नाम निकाल्न सफल महतोलाई कलेजले १ लाख १ हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । महतोले कक्षा १२ को बोर्ड परीक्षामा विज्ञान संकायमा नेपाल प्रथम भई उत्कृष्ट नतिजा हासिल गरेको कलेजले जनाएको छ ।

यसका साथै कलेजले कक्षा ११ को विज्ञान, होटल म्यानेजमेन्ट र व्यवस्थापन संकायमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरेको छ । सम्मानित हुने ३१ जना विद्यार्थीहरूलाई कुल २१ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । उनका अनुसार, कलेजमा हाल कक्षा १२ सम्म लगभग ३ हजार विद्यार्थी अध्ययनरत छन् ।

एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याएका महतोले आफ्नो सफलताको श्रेय लगनशीलता, कडा परिश्रम र कान्तिपुर कलेजका गुरुहरूको मार्गदर्शनलाई दिएका छन् ।

कलेजका प्रिन्सिपल नेपालले गुणस्तरीय शिक्षाकै कारण कान्तिपुरका विद्यार्थीहरूले हरेक वर्ष मेडिकल र इन्जिनियरिङ जस्ता क्षेत्रमा उल्लेखनीय सफलता हात पारेको बताए । उनले यस सफलतामा विद्यालयका शिक्षक र विद्यार्थीहरूको अथक मेहनत रहेको उल्लेख गरे ।

सम्मान कार्यक्रममा कलेजका अध्यक्ष खुशीराज श्रेष्ठ, विज्ञान संकायका संयोजक हिमालय बराललगायतले विद्यार्थीहरूलाई सम्मान गरेका थिए । सोही अवसरमा कलेजमा लामो समयदेखि कार्यरत कर्मचारी सीता कार्कीलाई पनि नगद १५ हजार रुपैयाँ र कदर पत्रसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर