AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी कम छ : प्रदेश प्रमुख खापुङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० असार २०८०, आईतवार १९:१४
198
Shares
विराटनगर / कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी कम भएको बताएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले आयोजना गरेको शिक्षा कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘शिक्षा क्षेत्रमा सरकारको लगानी कम छ । तर त्यही लगानीको पनि प्रतिफल आउन सकेको छैन ।’ उनले शैक्षिक क्षेत्रमा हुने राजनीतिकरण अन्त्य हुन आवश्यक रहेको पनि बताए । प्रदेश प्रमुख खापुङले विद्यार्थी परिषद्ले गरेको यो कार्यको प्रशंसा गरेका थिए ।

उनले परिषद्ले शिक्षा सुधारका क्षेत्रमा खेलेको भूमिकालाई निरन्तर अगाडी बढाउन पनि आग्रह गरे । विद्यार्थी परिषद् कोशी प्रदेशले नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधानका विषयक शिक्षा कार्यशाला गरेको हो ।

कार्यशालामा देशको शिक्षाको अवस्था, चुनौतीका र समाधान विषयमा काठमाडौं स्कुल अफ एजुकेसनका डिन प्रा।डा। वालाचन्द्र लुइँटेलले कार्यपत्र प्रस्तुत गरेका थिए । साथै कार्यपत्रमाथि शिक्षाविद् प्रा.डा. भेषप्रसाद धमला र शिक्षाविद् प्रा.डा. टंक न्यौपानेले टिप्पणी गरेका थिए ।

परिषद्का राष्ट्रिय उपाध्यक्ष तथा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. विजु थपलिया संयोजक रहेको कार्यशालामा परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, परिषद्का कोशी प्रदेश अध्यक्ष प्रेम कार्की, राष्ट्रिय सचिव विवश कटवाल, केन्द्रीय विश्वविद्यालय प्रमुख छितराज न्यौपानेलगायत कोशी प्रदेशका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर