animated ellipse animated ellipse

घरमै पुगेर कोशी प्रदेश सरकारले उपलब्ध गरायो आगलागीबाट ज्यान गुमाएका परिवारलाई राहत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ चैत्र २०८०, मंगलवार १८:११
45
Shares
भोजपुर / भोजपुरको हतुवागढी–७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाखका दरले राहत रकम आज उपलब्ध गराएको छ ।

मुख्यमन्त्री केदार कार्कीले पीडितलाई समवेदना दिँदै ज्यान गुमाएका बालबालिकाका दुई परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट एक लाखका दरले राहत रकम हस्तान्तरण गरेका हुन् ।

राहत हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले दुःखको समयमा सरकारले मलम पट्टी लगाएको उल्लेख गरे । ‘प्रदेश तथा स्थानीय सरकार घर आँगनकै सरकार भएकाले जनताको समस्यामा तथा पीडामा सधैँ साथ रहन्छ, उनले भने, दुःखमा सरकार सँगै छ ।’

चेक हस्तान्तरण कार्यक्रममा भोजपुरबाट कोशी प्रदेशमा निर्वाचित सांसद विनोद बान्तवा राई, सृजना राई, कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलका साथै स्थानीय जनप्रतिनिधि सहभागी भएका थिए ।
शनिवार भएको आगलागीमा स्थानीय रमेश कार्कीका ५ वर्षिया छोरी दिप्सीका कार्की, ३ वर्षीय छोरा दिउनिष कार्की र केदार कार्कीका ४ वर्षीय छोरा प्रनिष कार्कीको ज्यान गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर