पूर्वाञ्चल खबर
विराटनगर–१९ स्थित धनपुराका १ सय ३५ परिवारलाई शिखर अर्गनाइजेसनका पब्लिक म्यानेजर तथा पूर्व अन्तराष्ट्रिय खेलाडि राम लिम्बुले राहत स्वरुप खाद्यान्न उपलब्ध गराएका हुन् । पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेलगायतले राहत वितरण गरेका थिए । विपन्न वर्गलाई ५ किलो चामल, दाल १ किलो, नुन १ किलो र खाने तेल १ लिटरका दरले राहत वितरण गरिएको लिम्बुले बताए ।