खबर पूर्वाञ्चल
उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरी वडा नंं २,३,४ का मौरी पालन गर्ने फम तथा कृषकलाई ६१ वटा घार वितरण गरे ।
उपमहानगरपालिकाको ७५ प्रतिशत अनुदानमा घार वितरण गरिएको हो । कृषक समूह र फर्म हरुलाई मौरी पालन ब्यबसायमा थप सहयोग पुगोस भन्ने उदेश्यले घार प्रदान गरिएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अघिकारीले जानकारी दिइन् ।