RUMPUM
animated ellipse animated ellipse

राजनीतिक स्थिरता कायम गर्न संविधानको पुनरावलोकन कांग्रस गर्छ  : महामन्त्री थापा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० असार २०८१, बिहीबार १८:०५
54
Shares
विराटनगर / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको वर्तमान राजीतिक अवस्था प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को अस्थिर चरित्रका कारण उत्पत्र भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली कांग्रेसको नेतृत्व आएको बताए । उनले संविधान जारी भएको लगभग १० वर्षमा संविधानमा देखिएका केही समस्यालाई समाधान गर्न यसको पुनरावलोकन हुनु पर्ने भन्दै महामन्त्री थापाले भने, ‘ यसको पुनरावलोकनको नेतृत्व नेपाली कांग्रस गर्छ ।’
महामन्त्री थापाले राजनीतिक स्थिरता कायम गर्न संविधानको पुनरावलोकन हुने भन्दै मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेको सहितको राष्ट्रिय सरकार बत्रे कुरामा जोड दिए । उनले मुलुकको वर्तमान परिस्थितिलाई ध्यान दिइ प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त गर्नु पर्ने नभए राजिनामा दिनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर