AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ र सुनसरीबाट लागुऔषधसहित १२ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ चैत्र २०८१, आईतवार १९:१८
90
Shares
विराटनगर / मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धरान–९ का ३० वर्षीय विजय साह, २७ वर्षीय निरञ्जन यादव, २५ वर्षीय विशेष राई र २६ वर्षीय निश्चल राई पक्राउ परेका हुन् । यसैगरी धरानकै २२ वर्षीय सञ्जीव सुनुवार र १९ वर्षीय सविन परियारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का २६ वर्षीय रहिस मन्सुरी, इटहरी–५ का ३२ वर्षीय सनम शेर्पा र धरान–५ का २६ वर्षीय दिवेश रम्तेललाई पनि प्रहरीले पक्राउ गरेको छ । उता, मोरङको उर्लाबारी–५ बाट १९ वर्षीय सुजन सिवा, पथरी शनिश्चरे–२ का २९ वर्षीय सुमन गुरुङलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर