RUMPUM
animated ellipse animated ellipse

मंसिर २९ गतेदेखि विराटनगरमा विराट एक्स्पो हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ आश्विन २०७९, बिहीबार १९:१४
1.01k
Shares
विराटनगर / उद्योग संगठन मोरङले विराटनगरमा आगामी मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिने भएको छ ।

आज विराटनगरमा संगठनले पत्रकार सम्मेलन गरि कृषि, पर्यटन, उद्योग र व्यापारको एकिकृत प्रवद्र्धनका लागि सातौं संस्करणको विराट एक्स्पो आयोजना गर्ने जनाएको हो ।

विराटनगर–१४ स्नातककोत्तर क्याम्पसको प्राङ्गणमा रहेको पुरानो हवाई फिल्डलाई यस पटक विराट एक्स्पो आयोजना स्थल बनाईने भएको हो । संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पो–२०७९ का संयोजक भोलेश्वर दुलालका अनुसार स्थानीय अर्थतन्त्र चलायमान बनाउन प्रदर्शनी आयोजना गरिने भएको हो । यस अगाडी माघ २६ गतेदेखि फागुन ३ गतेसम्मलाई तय गरिएको मिति परिमार्जित गर्दै अगाडी सारिएको संयोजक दुलालले जानकारी दिए ।

संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले कृषि, कृषि उद्यम, उद्योग, पर्यटन लगायतका क्षेत्रको विकासमा योगदान र उत्पादकत्व, उपभोक्ता र मूल्य श्रृंखलाको परिधि भित्र पर्ने सेवा प्रदायकहरुलाई एकै स्थानमा जम्मा गरिने छ । कृषि तथा प्रविधि, औद्योगिक मिलमेशीनरी, पत्यक्ष उत्पादनको पद्दत् िकृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरुमा नीतिगत छलफल समेत गरिने भएको छ ।

उद्योगीबीच अनुभवन आदान प्रदान, स्टार्टअप कर्नर, पर्यटकीय गन्तव्यको जानकारी तथा दैनिक प्याकेज टुर, स्थानीय खानाको परिकार व्यवसायीकरणको संभावनाको खोजी एक्स्पोबाट गरिने अध्यक्ष प्याकुरेलले जानकारी दिए ।

प्रदर्शनीमा ४१५ स्टल राखिने भएको छ । नेपाल बाहेक भारत र बंगलादेश, भूटान, पाकिस्तान, थाइलैण्ड, चीनका उद्योगका उत्पादक, वितरक तथा बजार प्रवद्र्धकको समेत स्थलहरु रहने छन् । तीन लाखले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा ५० करोडको कारोबार हुने दावी छ । आयोजनाका लागि २ करोड ५० लाख लागत लाग्ने जानकारी दिइएको छ ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले समान उद्देश्य रहेका संस्थाबीच सहकार्य गरेर बढीभन्दा बढी एक्स्पो आयोजना गर्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर