पूर्वाञ्चल खबर

एमाले विराटनगर महानगर कमिटी, बुढींगंगा, ग्रामथान, कटहरी, धनपालथान र जहदाले संयुक्त रुपमा आयोजना गरिएको मोटरसाईकल ¥यालीमा हजारौंको संख्यामा मोटरसाईकल गरहेका थिए । ¥यालीमा बाक्लो संख्यामा नेता तथा कार्यकर्ताहरूले सहभागिता रहेको थियो ।
२०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकार असंबैधानिक भएको र संसद पूर्नस्थापना गर्नुपर्ने र संविधान संवत् देशलाई निकास दिनुपर्ने एमालेको भनाई छ ।
प्रतिनिधि सभा पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यका साथ मोटरसाइकल ¥याली निकालेको नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले बताए ।
एमाले विराटनगर पाञ्चालीस्थित मोरङ जिल्ला पार्टी कार्यालयबाट निस्केको मोटरसाइकल ¥याली पुष्पलाल चौकमा पुगेर समापन भएको थियो । एमालेका नेता गुरु बराल, विनोद ढकाल, पर्शुराम बस्नेतलगायतले कोणसभालाई सम्बोधन गरेका थिए । उनीहरुले जेन्जी आन्दोलनको मागलाई सम्बोधन गर्नका लागि प्रतिनिधि सभा पूर्नस्थापना आवश्यक रहेको बताएका थिए ।
नेकपा एमाले विराटनगर महानगरका सचिव विज्ञान चापागाईंले नेकपा एमाले महानगर कमिटी विराटनगर, नेकपा एमाले पालिका कमिटी बुढीगंगा, ग्रामथान, कटहरी, धनपालथान र जहदाद्वारा संयुक्त रुपमा आयोजित बृहत् मोटरसाइकल र्याली एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमाबाट रोडशेष हुँदै मेनरोड, तीनपैनी भएर पुष्पलाल चोकमा पुगेर कोणसभामा गर्दै सम्पन्न भएको जानकारी दिए।