RUMPUM
animated ellipse animated ellipse

अविश्वासको प्रस्तावको सुविधाजनक बहुमतका आधारमा फेस गर्छु : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ पुष २०७७, आईतवार १७:४६
594
Shares
फाइल तस्वीर
विराटनगर / आफूविरुद्ध परेको अविश्वासको प्रस्तावको सामना प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आरामले गर्ने बताएका छन् ।

आज विहान प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आफूविरुद्ध भएको अविश्वासको प्रस्ताव संविधान र संघीयता विरोधी भएको बताउँदै मुख्यमन्त्री राईले खास ठाउँबाट परिचालित भएर प्रदेशलाई कमजोर, अस्थिर बनाउने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘सङ्घीयतालाई संस्थागत गर्न नदिने भन्ने मनसायबाट सुनियोजित रूपमा अविश्वासको प्रस्ताव दर्ता भएको छ, यसको सामना म आरामले गर्छु,’ उनले भने, ‘विवेक भएका संसद् प्रदेशसभामा हुनुहुन्छ, यो सुनियोजित चालबाजी हो भन्ने कुरा मान्यसदस्यहरूलाई राम्रोसँग थाहा छ ।’

उनले अविश्वासको प्रस्तावको सुविधाजनक बहुमतका आधारमा फेस गर्ने बताए । सरकार असक्षम भएर प्रस्ताव नआएको बताउँदै उनले प्रदेशलाई तहसनहस बनाउने उदेश्यलाई असफल बनाउने बताए ।

मुख्यमन्त्री राईले प्रदेश १ मा अब सर्वदलीय सरकार बन्न सक्ने संकेत गर्दै प्रदेशसभाको सम्पूर्ण दलको विषयमा छलफल गरेर सहमतिका साथ अगाडि बढ्ने बताए । उनले आफूविरुद्धको अविश्वास प्रस्ताव केन्द्रकै असर भएको तर्क गर्दै प्रतिनिधिसभा विघटनको प्रस्ताव सही कदम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर