पूर्वाञ्चल खबर
आज बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अबस्थामा फेला पारेको हो । उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक–३ नाल, बारुद–२ डब्बा, गोली –१८ थान, छर्रा–५ पोका, खुकुरी–१ थान, गेटिस (गुलेली)–१ थान बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङमा ल्याएर थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।