AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा तत्कालीन माओवादीका विद्यार्थी नेतासहित ५ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ मंसिर २०८२, सोमबार ०८:४१
450
Shares
विराटनगर / गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा विराटनगरमा सरकारी कार्यालयहरूमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

आन्दोलनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा उनीहरूलाई आइतबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा तत्कालीन माओवादीका नेता तथा निर्वतमान प्रतिनिधि सभाका साँसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी सहित आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल रहेको मोरङ प्रहरीको डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरू प्रमुख राजनीतिक दलमा आबद्ध कार्यकर्ता हुन् । जसमध्ये पौडेल नेपाली कांग्रेस र साह नेकपा (एमाले) रहेको बताइएको छ ।

पक्राउ परेका पाँचै जनालाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । उनीहरूमाथि ‘अपराधिक उपद्रह’ मुद्दा चलाउने प्रहरीको तयारी छ । यसका लागि आज मोरङ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा सरकारी कार्यालय तोडफोड तथा आगजनी गर्नेहरूको प्रहरीले सूची नै तयार पारेको छ । सोही सूची र अभियान अन्तर्गत प्रहरीले घटनामा संलग्नहरूलाई पक्राउ गर्न सुरु गरेको हो ।

भदौ २४ गतेको घटनामा संलग्नहरुको फोटो र भिडियोको आधारमा पहिचान गर्दै प्रहरीले पक्राउ अभियान चलाएको हो । यसअघि पनि प्रहरी चौकी र गाडीहरूमा आगजनी गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर