AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश देशकै उत्कृष्ट प्रदेश शाखाबाट सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ चैत्र २०८१, बिहीबार १८:०१
72
Shares
विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशलाई आज उत्कृष्ट प्रदेश शाखाबाट सम्मानित गरिएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघको ५९ औ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ का अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीलाई उत्कृष्ट प्रदेश शाखाको रुपमा सम्मान गरिएको महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए।

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलाई प्रधानमन्त्री केपी शर्मा ओली, महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले सम्मानित गरे । महासंघ कोशी प्रदेशले मोरङको बुढीगंगामा आफ्नै कार्यालय भवन निर्माण कार्य शुरु गरिसकेको छ । २ कठ्ठा क्षेत्रफलमा ४ करोड भन्दा बढी रुपैयाँको लागतमा अढाई तल्ले भवन निर्माण शुरु भएको छ ।

महासंघ कोशी प्रदेशले प्रदेशभित्रका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा व्यावसायिक संघ–संस्थासँग सहकार्य गर्दै साना तथा मझौला उद्योग प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विहार इण्डष्ट्रिज एशोसिएशनबीच भगिनी सम्बन्ध स्थापना, पहिलो कृषि एक्स्पो, ढाका महोत्सव लगायतका विभिन्न उद्योग, व्यापार प्रर्वद्धनको काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर