RUMPUM
animated ellipse animated ellipse

हात्तीपाइलेविरुद्धको औषधि सेवनलाई प्रभावकारी बनाइने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ माघ २०७९, आईतवार १८:५२
72
Shares
विराटनगर/ हात्तीपाइले रोगको आमऔषधि सेवनलाई प्रभावकारी बनाउन विराटनगर महानगरपालिकाले विभिन्न निकायका व्यक्तिहरुसित छलफल गरेको छ ।

महानगरको स्वास्थ्य महाशाखाले आज आयोजना गरेको कार्यक्रममा सहभागीहरुले हात्तीपाइले रोगको औषधि सेवन विगतमा प्रभावकारी नभएको बताएका थिए । महानगरका मेयर नागेश कोइराला, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवलगायतको उपस्थितिमा भएको छलफलमा औषधि सेवनलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्नेमा जोड दिइएको थियो । ८० प्रतिशतभन्दा बढीले औषधि सेवन गरेपछि मात्रै अभियान सफल भएको मानिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए ।

कार्यक्रममा गैरसरकारी संस्था, नोवेल अस्पताल, नर्सिङहोम, निजी अस्पताल, प्याब्सन, एनप्याब्सन, हिसानलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आगामी फागुन ११ गतेदेखि सुरु हुने अभियानमा १ सय स्वास्थ्यकर्मीसहित १४८ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुले १९ वटै वडामा पुगेर

हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको छ । औषधि सेवन प्रभावकारी नभएकै कारण १२ औं पटक अभियान सञ्चालन हुन लागेको महानगरका स्वास्थ्य अधिकृत रमेश क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार