AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश सभा सदस्य विन्दिया कार्कीले कोरोना संक्रमितलाई गरिन सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ भाद्र २०७७, सोमबार १६:५९
936
Shares
विराटनगर / प्रदेश १ की प्रदेश सभा सदस्य विन्दिया कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर कोरोना संक्रमितलाई सहयोग गरेकी छिन् ।

प्रदेश सभा सदस्य कार्कीले आज जन्मदिनको अवसरमा कोरोना संक्रमित भएर घरैमा आइसोलेसनमा बस्दै आएका बिरामीलाई औषधी, खाद्यान्न वितरण गरेकी हुन् । विराटनगर महानगरपालिका समुदायस्तरमा नै कोराना भाइरस संक्रमण बढेसँगै हाल निषेधाज्ञाको अवस्थामा छ । उनले आफुलाई जानकारीमा आए अनुरुप कोरोना संक्रमित भएर घरैमा आइसोलेसना बस्दै आइरहेका आर्थिक अवस्था कमजोर भएकालाई पौष्टिक खाद्यन्न साथै औषधी वितरण गरेकी हुन् ।

केहि दिन अगाडी काम विशेषले आफु काठमाण्डौ गएकी र लकडाउनका कारण घर फर्कन नसके पनि आफ्नो जन्म दिनको दिन आफ्नो क्षेत्रलाई सम्झेको उनले बताईन् ।

उनले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका १५ घर परिवालाई चेवनप्रास, १ क्यारेट अण्डा, हरलिक्स, औषधि, चामल दाललगायतको खाद्यन्न सामाग्री वितरण गरेकी छिन् भने सम्पूर्ण कोरोना संक्रमित व्यक्तिहरुलाई उच्च मनोबल बनाएर बस्न आग्रह समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर