खबर पूर्वाञ्चल
आज पत्रकार सम्मेलन गर्दै संघले घरजग्गा कारोबारमा आएको मन्दीलाई चलायमान बनाउनका लागि ५० प्रतिशतको कर्जा सीमालाई बढाएर ७० प्रतिशत र्पुयाउन माग गरेको हो । उद्योगहरूका लागि चालु पुँजी कर्जाको ब्याजदर स्थिर पुँजी कर्जाको भन्दा कम हुनुपर्ने माग गरेको छ ।
उत्पादनमूलक उद्योगका लागि निर्धारित कर्जाको ८० प्रतिशत चालु पुँजीका रूपमा उपलब्ध गराउनुपर्ने र साना तथा मझौला उद्योगको कर्जा सीमा २ करोडबाट बढाएर ५ करोड बढाउन संघले माग गरेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैङ्क तथा डिजिटल वालेट कम्पनीहरूले लिने शुल्क परिमार्जनको पनि माग गरेको छ ।
संघले एक हजारसम्मको कारोबार निःशुल्क गर्न माग गरेको छ । १ हजारदेखि देखि १ लाखसम्म १० रुपैयाँ र १ लाखदेखि माथिको डिजिटल कारोबारमा २० रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गर्न माग गरेको छ । अहिले कर हटेपनि डिजिटल वालेटबाट रकम पठाउँदा १० रुपैयाँ शुल्क लाग्छ ।
सङ्घले अत्यधिक बैङ्क बिदाले उद्योग–व्यवसायमा प्रतिकूल असर परेको भन्दै साप्ताहिक बाहेक वार्षिक अधिकतम १३ दिन मात्र बैङ्क बिदा दिने नीति ल्याउन राष्ट्र बैँकलाई सुझाव दिएको छ ।
संघले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याउने मौद्रिक नीतिका लागि आर्थिक सुस्तता र उद्योग–व्यवसायमा देखिएका समस्या समाधान गर्नका लागि पुँजी बजार, घरजग्गा कारोबार, कर्जा प्रवाह र डिजिटल भुक्तानीमा सहजता ल्याउन माग गरेको छ ।