AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल टेलिकलले जनतालाई गुणस्तरीय सेवा प्रवाह गर्नु पर्छः मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ चैत्र २०८१, शुक्रबार १८:२७
36
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  नेपाल टेलिकमले जनताको गुनासा नआउने गरी गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।
नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठन कोशी प्रदेश समितिको १२ औँ प्रदेश अधिवेशनको आज उद्घाटन गर्दै उनले टेलिकमलाई स्तरोन्नती,विश्वसनिय  र प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।
मुख्यमन्त्री कार्कीले भने ,‘मुलुकका टेलिकमल लगायतका सार्वजनिक संस्था वलियो एवं सक्षम भएमा  राष्ट्रले समृद्धि हासिल गर्नेछ ।’उनले आगामी विस २०८२ वैशाख १ गतेदेखि प्रदेश सरकारले मनाउने ‘पर्यटन भ्रमण वर्ष’को अवधिभर टेलिकमले आफ्नो रिङ्ग टोनमा प्रदेश भरी यस क्षेत्रको पर्यटकीय स्थल, विदेशी पर्यटकलाई अस्थायी सीम लगायत वितरण गरी सहयोग गर्न आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेशको विकास, रोजगारीका लागि महत्वपुर्ण रहेको प्रदेश लगानी सम्मेलनको आवश्यक प्रचार प्रसार गर्न समेत आग्रह गरे ।
नेकपा एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडा  र नेता विनोद ढकालले टेलिकमले कर्मचारीको हक हित र जनतालाई गुणस्तरीय सेवाप्रदान गर्नुपर्ने सुझाव दिए ।
संगठनका प्रदेश अध्यक्ष सुमित ओझा, केन्द्रीय उप महासचिव गोविन्द ढुङ्गानाले अधिवेशनले विगत कार्यको समीक्षा  तथा आगामी दिनमा गर्नु पर्ने कार्यदिशा अवलम्वन गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले सोही अवसरमा सेवा निवृत्त कर्मचारीलाई सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर