महिलालाई प्रत्यक्ष निर्वाचनमा सुरक्षित सिटको व्यवस्था हुनुपर्छ :मन्त्री राजभण्डारी

खबर पूर्वाञ्चल, २४ फाल्गुन २०७९, बुधबार १६:०७
144
Shares

विराटनगर / कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि सुरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने बताए ।

मन्त्रालयद्वारा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको आज विराटनगरमा उद्घाटन गर्दै उनले महिलालाई संविधानले प्रदान गरेको अधिकार प्राप्त गर्नका लागि निर्वाचन क्षेत्र आरक्षण क्षेत्र निर्धारण गर्न आफ्नो दलमा दवाव सिर्जना गर्नुपर्नेमा जोड दिए ।

मन्त्री राजभण्डारीले समाजमा तल्लो तहमा प्रविधिमैत्री शिक्षा पहुँच पु¥याउन सकेमा महिलाको समृद्धिका साथै मुलुकको समग्र विकास हुने बताए ।

कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले शिक्षा, शिप र रोजगारको माध्यममार्फत महिलालाई नेतृत्व तहमा पु¥याउन आजको आवश्यक्त्ता रहेको बताइन् ।

विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले नगर क्षेत्रमा अहिले पनि ५० प्रतिशतभन्दा ज्यादामा महिला जन्मदर्ता र नागरिकता विहिन रहेकोले यसको समाधान हुनुपर्ने बताइन् ।

मन्त्रालयका सचिव बासुदेव दाहाल, प्रदेश सभा सदस्य मीना श्रेष्ठ, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, सिता शर्मा र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जीव खनालले महिलालाई प्रविधि मैत्री बनाई अधिकतम आयआर्जन बनाउन समाजका हरेक तप्का लाग्नु पर्ने जोड दिएका छन् ।

सोही अवसरमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण गरिएको थियो । यसअघि मन्त्रालयबाट निकालिएको प्रभातफेरीले नगरको मुख्य मुख्य क्षेत्र परिक्रमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५