AArya
RUMPUM
animated ellipse animated ellipse

तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ मंसिर २०७९, सोमबार १८:१४
171
Shares
विराटनगर / विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगर बास्केटबल कपको तेस्रो संस्करणको खेल आजदेखि सुरु भएको छ ।

विराटनगरमा रहेको कोबास कलेजको बास्केटबल कोर्डमा आज भएको उद्घाटन खेलमा पुरुषतर्फ सगरमाथा स्कुललाई ३६-१४ अङकले पराजित गर्दै विकेभिएम स्कुलले विजयी सुरुवात गरेको छ ।

त्यसैगरी महिलातर्फको खेलमा पनि सगरमाथा स्कुललाई ३-४ अङकले पराजित गर्दै महिला र पुरुष तर्फ विकेभिएम स्कुलले विजयी सुरुवात गरेको हो। पुरुष र महिलातर्फको खेलमा गुनानन्द यादव र प्रशना राउत ‘उत्कृष्ट’ खेलाडी घोषित भएका छन् ।

विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी ८ वटा टिम सहभागीता रहेको कार्यक्रम संयोजक मुकेश यादवले जानकारी दिए। बास्केटबल प्रतियोगिताको फाइनल खेल २३ गते हुने संयोजक यादवले बताए।

पहिलो संस्करणमा विराटनगरको सगरमाथा स्कुल र दोस्रो संस्करणमा इटहरीको विश्व आदर्श स्कुल विजेता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर