पूर्वाञ्चल खबर
कलेजका अध्यक्ष विकास अधिकारी र काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डाक्टर मनिष पोखरेलबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै उक्त कार्यक्रम सञ्चालनको औपचारिक तयारी पूरा भएको हो।
स्वास्थ्य सेवा र सूचना प्रविधिको संयोजनका रूपमा विकसित हेल्थ इन्फोर्म्याटिक्स कार्यक्रमले स्वास्थ्य डाटा व्यवस्थापन, अस्पताल सूचना प्रणाली, ई–हेल्थ, टेलिमेडिसिन, मेडिकल कोडिङ तथा हेल्थ रिसर्चजस्ता विषय समेट्ने कलेजले जनाएको छ। डिजिटल स्वास्थ्य प्रणालीको बढ्दो प्रयोगसँगै दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने लक्ष्यसहित कार्यक्रम सुरु गरिएको बताइएको छ।
कलेजका अध्यक्ष अधिकारीले हेल्थ इन्फोर्म्याटिक्स वर्तमान र भविष्य दुवैका लागि अत्यन्तै सम्भावनायुक्त विषय भएको उल्लेख गर्दै भने,“स्वास्थ्य क्षेत्र तीव्र रूपमा डिजिटल बन्दै गएको छ। काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङसँगको सहकार्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षा दिन सकिनेछ। आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई व्यवहारिक र सीपमुखी शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य हो।”
कलेजका अनुसार काठमाडौँ विश्वविद्यालयको पाठ्यक्रम तथा शैक्षिक मापदण्डअनुसार कार्यक्रम सञ्चालन गरिनेछ। यसले विद्यार्थीलाई स्वदेश तथा विदेशका अस्पताल, स्वास्थ्य संस्था, अनुसन्धान संस्था तथा स्वास्थ्यसँग सम्बन्धित आईटी क्षेत्रमा काम गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
एस्पायर कलेजमा बिआईटी, बिपिएच र बिटेकएडआईटी कार्यक्रम संचालनमा छन् ।