RUMPUM
animated ellipse animated ellipse

मेयर कोइरालाद्वारा शाखा र महाशाखाहरूको आकस्मिक अनुगमन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ बैशाख २०८०, बुधबार १९:३५
252
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाको नेतृत्व सम्हालेदेखि नै आन्तरिक सुशासनलाई प्रमुख प्राथमिकतामा राख्दै आउनु भएका मेयर नागेश कोइरालाले विभिन्न शाखा र महाशाखाहरूको आकस्मिक अनुगमन गरेका थिए ।

आन्तरिक सुशासन कायम नगरेसम्म जनताका गुनासो सम्बोधन गर्न नसकिने धारणा राख्दै आउनु भएका मेयर कोइरालाले आज आकस्मिक अनुगमन गरेका हुन् । मेयर कोइरालाले महानगरको आर्थिक प्रशासन, राजस्व, शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई, कानुन, सूचना, सहकारीलगायतका शाखा र महाशाखाको अनुगमन गरे । सो क्रममा उनले कार्यालयमा कर्मचारीको उपस्थितिको अवस्था, सेवाग्राहीका समस्यालगायतका विषयमा जानकारी लिएको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले बताए । नवोदितका अनुसार मेयर कोइरालाले कर्मचारीका समस्याका बारेमा पनि जानकारी लिए ।

उनले गुनासो नआउने गरी जनताको सेवामा समर्पित हुन कर्मचारीहरूलाई निर्देशनसमेत दिए । मेयर कोइरालाले बेला–बेला शाखा र महाशाखाहरूको अनुगमन गर्दै आएका छन् । अनुगमनका क्रममा एउटै कर्मचारी पटकपटक कार्यकक्षमा अनुपस्थित भेटिए कारबाही गरिने मेयर कोइरालाले प्रस्ट पारे । आजको अनुगमनका क्रममा केही कर्मचारी विदामा बसेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर