खबर पूर्वाञ्चल
विराटनगरमा आजदेखि सुरू भएको प्रथम प्रदेश १ स्तरीय आइटीएसफ तेक्वाण्डो टेक्निकल सेमिनार कोर्षको उद्घाटन गर्दै मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई व्यवसायिक बनाउँदै खेलकूदको हबको रूपमा प्रदेशलाई अगाडी बढाउने बताएका हुन् ।
मुख्यमन्त्री राईले खेलाडीहरू राष्ट्रियको गहना भएकोले यस क्षेत्रलाई व्यवसायिक बनाएर खेलाडीहरूको भबिष्य सुनिश्चित गरिनुपर्ने बताए । ‘खेलकुद क्षेत्रमा लागेर खेलाडीहरू अन्यौलमा परेका छन् । पुराना खेलाडीहरूको अवस्था दहनिय छ । हिजो राज्यले खेलकुदा क्षेत्रलाई हेरेन । अब यस क्षेत्रलाई व्यवसायिक बनाउनुपर्दछ,’ मुख्यमन्त्री राईले भने ।
खेलकुद क्षेत्रलाई तीन तहकै सरकारले प्रथामिकतामा राखेरे काम गर्दै आएको पनि मुख्यमन्त्री राईले बताए । प्रदेश १ सरकारले खेलकुद कानुन पनि बनाइसकेको हुनाले प्रदेशको खेलकुद परिषद पनि छिट्टै गठन हुने मुख्यमन्त्री राईले जानकारी दिए । प्रदेश सरकारले एक पालिका एक रंगशालाको अवधारणा पनि अगाडी सारेको मुख्यमन्त्री राईले बताए । ‘सोही अवधारणा अुनसार एक रंगशाला र कभड हलको पूर्वाधारहरू निर्माणको प्रक्रिया अगाडी बढेको छ,’ मुख्यमन्त्री राईले भने, ‘यसरी पूर्वाधार निर्माणसँगै सबै खेल विधाको हबको रूपमा प्रदेश १ लाई विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।’ उनले अहिले पनि राष्ट्रिय खेलाडीहरूको बर्चश्व कायम प्रदेश १ बाटै रहेको मुख्यमन्त्री राईले बताए । ‘फुटबलमा राष्ट्रिय खेलाडीहरू यही प्रदेशका रहेका छन् ।
मार्सल आट, तेक्वान्दो, कराते अन्य विधाहरूमा पनि यही प्रदेशबाट राष्ट्रिय र अन्तराष्र्टिय पदक ल्याएका छन्,’ उनले भने, ‘खेलाडीहरूको मनोबल उच्च बनाउन पनि प्रदेश सरकार लागि परेको छ ।’ विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय विधाका खेलकुदहरूमा प्रतिस्पर्धा गरेर पदक जित्ने खेलाडीहरूलाई पनि प्रदेश सरकारले सम्मान गर्ने आएको बताए ।