RUMPUM
animated ellipse animated ellipse

काठमाण्डौमा रंगेलीबासी संगठित, सम्पर्क मञ्च गठन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ श्रावण २०७८, आईतवार १४:०५
1.22k
Shares
काठमाण्डौ /काठमाण्डौमा अस्थाई रुपमा बसोबास गरी रहेका रंगेलीबासी संगठित भएका छन् ।

काठमाण्डौमा एक कार्यक्रम बिच रंगेली-काठमाण्डौ सम्पर्क मञ्च गठन गरी रंगेलीबासी संगठित भएका हुन् । रंगेलीको पहिचान र समस्यामा परेका रंगेलीबासीलाई सहयोगसहित रचनात्मक गतिबिधि गर्ने उदेश्य सहित मञ्च गठन गरिएको हो ।

रंगेली ४ आमतोला निवासी विकाश अधिकारीको अध्यक्षता ११ सदस्य तदर्थ कार्यसमिति गठन गरिएको छ । गठित मञ्चको सचिवमा चूड़ामणि (शेखर) कोइराला, कोषाध्यक्ष लक्ष्मीमाया सापकोटा रहेका छन भने पविन्द्र कार्की, सुमन घिमिरे, सुभाष सेढाई, शरु भट्टराई, सन्तोष बस्नेत, शारदा गौतम, झलक गुरुङ र हरीप्रसाद पाठक सदस्य रहेका छन् । सो मञ्चमा ६ सदस्य सल्लाहकार सदस्य समेत चयन गरिएको छ ।

सल्लाहकार सदस्यमा युवराज कार्की, भरत भट्टराई, नवीन थापा, किरण न्यौपाने, उमेश सिवाकोटी र शेखर वगड़िया रहेका छन्।

मञ्चले आगामी ६ महिना भित्र विद्यान तयार गरेर बृहत् रुपमा काठमाण्डौमा बसोबास गरिरहेका रंगेलीबासीलाई थप खोजी गरी समेटर अघि बढ्ने तयारी गरेको छ । भरत भट्टराईको प्रमुख अतिथिमा मञ्च गठन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर