AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खेलाडीको भविष्य सुनिश्चित गर्न रोजगार उपलव्ध गराउने मुख्यमन्त्री राईको प्रतिवद्धता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ आश्विन २०७९, शनिबार १८:४७
99
Shares
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता –२०७९ को ट्रफि अवलोकन गरेका छन्

यही असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरा हुने प्रतियोगितामा पूर्व सन्ध्यामा विराटनगरमा ल्याएका ट्रफि विराटनगरको शहीद रङ्शालामा मुख्यमन्त्री राईले अवलोकन गरेका हुन् । प्रतियोगितामा सबैभन्दा ज्यादा स्वर्ण पदक प्राप्त गर्ने टीमले उक्त ट्रफि प्राप्त गर्ने छन् ।

मुख्यमन्त्री राईले प्रदेश खेलकुद विकास वोर्डद्वारा ट्रफि टुर अवलोकन कार्यक्रमको सार्वजनिक गर्दै प्रदेश सरकार खेलकुदको विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण कार्य गरिरहेको बताए ।उनले खेलकुदमा आफ्नो जीवन समर्पित गरिरहेका खेलाडी, प्रशिक्षक एवं निर्णायकहरुको सेवा सुविधा थप्ने कार्य गर्ने बताउँदै उनीहरुको भविष्य सुनिश्चित गर्न रोजगारी उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त्त गरे ।

मुख्यमन्त्री राईले शुन्यबाट उठेको प्रदेश सरकारले खेलकुदको विकासका लागि आवश्यक ऐन कानुन निर्माण गरि खेलकुद विकास वोर्ड गठन गर्नुका साथै जिल्ला समितिहरु निर्माण गरेको बताए । उनले खेलकुद विकास वोर्डको सुझाव अनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरुलाई स्थानीय अस्पतालको समन्वयमा उपचारको व्यवस्था मिलाइएको बताए ।

मुख्यमन्त्री राईले खेलाडी एवं प्रशिक्षकहरुलाई प्रतियोगितामा सहभागी हुन बजेटको कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त्त गर्दै राष्ट्रिय खेलकुदमा उच्च सफलता हासिल गरि प्रदेशको नाम उच्च राख्न आग्रह गरे ।
वोर्डका सदस्य सचिव हंसराज वाग्ले प्रतियोगितामा प्रदेशले ३५ खेलको ३९७ इभेन्ट्समा भाग लिने जानकारी दिए । प्रतियोगितामा प्रदेशका ७०६ खेलाडी, ६६ प्रशिक्षक र ४८ कर्मचारी गरी ८२० जना सहभागी हुने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर