पछिल्लो २४ घण्टामा ५२२५ जना कोरोना मुक्त, कोरोना संक्रमणबाट मुलुकभर आज एकैदिन २२५ जनाको मृत्यु ,मृतको संख्या ४ हजार नाघ्यो

खबर पूर्वाञ्चल, २८ बैशाख २०७८, मंगलवार १८:३९

विराटनगर / कोरोना भाइरस संक्रमणबाट मुलुकभर आज एकैदिन २२५ जनाको मृत्यु भएको छ । योसँगै मुलुकभ् कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा ८९ हजार ९१४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छनर । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ५२२५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २७८८, रूपन्देहीमा ७०९, ललितपुरमा ६०२, भक्तपुरमा ५३७ र बाँकेमा ५०६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै मोरङमा ४३१,कास्कीमा ३७०,  कैलालीमा २९५, दाङमा २६५, झापा र सुर्खेतमा २६४-२६४ जना, सुनसरीमा १७४, धनुषामा १६५, काभ्रेपलाञ्चोकमा १५५, चितवनमा १२४, कपिलवस्तुमा ११७, मकवानपुरमा ११६, धादिङमा ११५ र पर्सामा ११३ जना कोरोना संक्रमति थपिएका छन् ।

यस्तै स्याङ्जामा ९०, पाल्पामा ८४, अछाममा ८०, जाजरकोटमा ७७, नुवाकोटमा ७३, बर्दियामा ६५, गोरखामा ६४, सिन्धुपाल्चोकमा ५८,नवलपरासी पश्चिमा ५७, अर्घाखाँचीमा ५५, रूकुम पश्चिममा ४८, सिन्धुली र तनहुँमा ४७-४७ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा ४१, लमजुङमा ३४, बारामा ३१, सर्लाही २९, रौतहट र कञ्चनपुरमा २८र२८ जना, नवलपरासी पूर्वमा २५, रामेछापमा २४, उदयपुरमा २२, सल्यानमा २१, धनकुटामा २०, सप्तरीमा १८, सिरहा, दोलखा र गुल्मीमा १५र१५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ओखलढुंगामा १०, जुम्लामा ९, खोटाङ र सोलुखुम्बुमा ७–७ जना, बागलुङ र दैलेखमा ६र६ जना, म्याग्दीमा ५, रोल्पामा ४, भोजपुरमा ३ र इलाम, पाँचथर , कालिकोट र डोटीमा २–२ जना तथा ताप्लेजुङ, रसुवा, पर्वत, मुस्ताङ, प्युठान, डोल्पा, हुम्ला, बझाङ र बाजुरामा १–१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्षमुनिका २४६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६८६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५