animated ellipse animated ellipse

नेपाल बैंकर्स संघका अध्यक्षको अभिव्यक्तिप्रति मोरङका उद्योगीको आपत्ती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ बैशाख २०७७, आईतवार २१:०८
3
Shares
विराटनगर / नेपाल बैंकर्स संघका अध्यक्षको अभिव्यक्तिप्रति देशकै अग्रणी उद्योगी व्यवसायीको संस्था मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आपत्ती जनाएका छन् ।

आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा दुवै संगठनका अध्यक्षहरु प्रकाश मुन्दडा र भीम घिमिरेले बैकर्स एशोसिएसनका अध्यक्ष भुवन दाहालले ‘व्यवसायी नाफा लुकाउने भएकाले ब्याज छुट दिनु हुन्न’ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ती जनाएका हुन् ।

‘बैकर्स संघका अध्यक्ष दाहालको भनाइ उदृत गर्दै ‘व्यवसायी नाफा लुकाउने भएकाले व्याज छुट दिनु हुन्न’ भनेर विभिन्न संचार माध्यममा आइरहेको समाचारप्रति मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ आपत्ति जनाउंदै उक्त भनाईको घोर भत्र्सना र खेद प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘बंैकर्स एशोसिएनको अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर संकटको यस घडीमा गैर जिम्मेवार रुपमा दिइएको अभिव्यक्तिले देशलाई आत्मनिर्भर बनाउँदै वैदेशिक व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्र उक्त अभिव्यक्तिको घोर विरोध गर्दछ ।’

दुवै संगठनले लकडाउन जारी भई उद्योग÷व्यवसाय वन्द भएको अवधिदेखि कम्तिमा आगामी ३ वर्ष अवधिको लागि हाल कायम रहेको व्याज दरमा कम्तिमा ५ प्रतिशतले घटाई उद्योग÷व्यवसाय क्षेत्रमा ऋण प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र वैंक समक्ष माग गरेको छ ।

कोरोना भाइरस(कोभिड १९)को संक्रमण जोखिम न्युनिकरण गर्न लागू गरिएको लकडाउनको अवधिको तलव दिन नसक्ने
उनीहरुले बताएका छन् । काम नभएको समयको तलब दिन नसक्ने दुवै संगठनले जनाएका छन् । सरकारले लकडाउनको बेलाको तलब दिन निर्देशन दिएपनि मोरङका उद्योगी व्यवसायीले भने यसलाई नकार्दै आएका हुन् ।

दुवै संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमबाट बच्न नेपाल सरकारले अवलम्बन गरेको लकडाउनका कारण उद्योग व्यवसाय, पर्यटन, निर्माण, यातायातलगायत समग्र क्षेत्र नराम्रोसँग प्रभावित भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर