पूर्वाञ्चल खबर
आज दिउँसो दलबलसहित निर्वाचन कार्यालय धरान–१२ पगेका भण्डारी र लिम्वुसहित २० वटै वडाका उम्मेद्वारहरुले मनोनयन गर्दा गराएका हुन् ।
पार्टीका आधिकारीक उम्मेदवारहरु मेयर उपमेयर २० वटा वडाध्यक्ष र ४ जना वडा सदस्यहरुका उम्मेदवारहरुले मनोनयन दर्ता गराएको निर्वाचन परिचालन समितिका संयोजक मुरारी सुवेदीले जानकारी दिए । उम्मेदवारी दर्ताका लागि २० वटै वडाहरुबाट कार्यकर्ताहरु स्वस्फुर्त बाझा गाजाका साथ उपस्थित भएका थिए । उनीहरुले नगर परिक्रममा गरेर निर्वाचन कार्यलय पुगेका थिए ।
मेयर उपमेयरसहित मनोनयन दर्ता कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथम प्रदेश १ का पूवै मुख्यमन्त्री भीम आचार्य, प्रदेश कमिटी सदस्य तथा प्रतिनीिधि सभा सदस्य जयकुमार राई, प्रदेश सदस्यहरु तथा मेयरका आकाक्षीहरु मनोजकुमार मेन्याङवो, विजय राई, मोतीराज सुनुवारलगायत नेता कार्यकर्ताहरुको विशाल उपस्थिति रहेको थियो ।
मनोनयन दर्ताका लागि नेता कार्यकर्ताहरुको उत्साहाले चुनावी महौल बनेको मेयरकी उम्मेदवार भण्डारीले बताइन् । २०४८, २०५४, २०७४ सालको इतिहास एमालेले यस पटक फर्काउने उनले बताइन् ।