AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एसईई दिएका विद्यार्थीलाई एभरेष्टको करियर काउन्सिलिङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ असार २०८०, शुक्रबार ०५:३४
423
Shares
विराटनगर / एसईई दिएर बसेका विद्यार्थीलाई उच्च शिक्षाको विषय छनौटकालागि सजिकरण गर्न विराटनगरको एभरेष्ट कलेजले एकदिने सेमीनारको आयोजना गरेको छ ।

एसईई पछि विद्यार्थीले आफ्नो रुचि र क्षमतालाई पहिचान गर्न नसक्दा बिचमै पढाइ छाड्नेको संख्या उच्च रहेको भन्दै विद्यार्थीलाई विषय छनौटमा सहयोग गर्न कार्यक्रमको आयोजना गरिएको एभरेष्ट कलेजले जनाएको छ ।

कलेजका क्यापस प्रमुख पुरीले धेरै विद्यार्थीले समयमा आफ्नो रुचि अनुसारको विषय छनौट गर्न नसक्दा, साथीभाईको लहलहैमा लाग्दा र परिवारको दवावमा पर्दा उच्च शिक्षालाई अघि बढाउन नसकेको उदाहरण दिँदै त्यस्तो अवस्थालाई न्यूनिकरण गर्न करियर काउन्सिलरसँगको सेमीनार आयोजना गरेको बताए। उनले सहभागी विद्यार्थीलाई आफ्नो इच्छा अनुसारको जिज्ञासा राख्न समेत आग्रह गरे ।

करियर काउन्सिलर प्रितम पौडेलले सेमिनारमा विद्यार्थीलाई आफ्नो रुचि अनुसार विषय छनौट गर्न सुझाव दिए। उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै विद्यार्थीलाई आफ्नो रुचि अनुसारको अध्यापन गराउने शिक्षणसंस्था मात्र नभई सोही अनुसारको भौतिक पूर्वाधारको समेत ख्याल गर्न सुझाव दिए।

सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक शिक्षा पनि अझ महत्त्वपूर्ण बन्दै गएको भन्दै उनले विश्व एउटा गाउँको रूपमा रूपान्तरण भएकोले सोही अनुसार आफूलाई तयार गर्नुपर्ने बताए ।

विश्वका धेरै राष्ट्रमा नेपाली विद्यार्थीले राम्रो नतिजा ल्याउन सफल भएको भन्दै उनले त्यसको लागि रूचि अनुसारको विषय र सोही अनुसारको शिक्षणसंस्था रोज्नुपर्ने बताए । उनले उपत्यका बाहिर एभरेष्ट कलेजले यसरी विद्यार्थीको भविष्यप्रति गम्भीरता प्रकट गर्दै काउन्सिलिङ सेमिनार गरेकोमा धन्यवाद समेत दिए ।

एसईई दिएर बसेका सयौंको संख्यामा उपस्थित विद्यार्थीलाई काउन्सिलर पौडेलको प्रस्तुतिले मन्त्रमुग्ध बनाएको थियो । सेमीनारमा सहभागी विद्यार्थी सुशव चापागाईंले सेमीनारले विषय र शिक्षणसंस्था छ्नौट गर्न सहयोग गरेको बताए । उनले ब्यवस्थापन र विज्ञान विषयका लागि विराटनगरकै एभरेष्ट कलेज पनि उपयुक्त रहेको महशुस भएको बताए ।

कार्यक्रममा विज्ञा न संकायका को-अर्डिनेटर भुवन गौतम र ब्यबस्थापन संकायका को-अर्डिनेटर रिषभ पाण्डेले विषयगत जानकारी गराए। उनीहरूले ती विषय लिएर अध्य्यन गर्न सकिने क्षेत्रको बारेमा जानकारी दिए।

सेमीनारमा कलेजका अध्यक्ष विनोद ढकाल, निर्देशक राधा ढकाल, एभरेष्ट स्कूलका सह-प्राचार्य टीएन भण्डारी, कलेजका सह-प्रमुख नारायण कडरियालगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर