animated ellipse animated ellipse

विराटनगरको श्री हस्पिटलले एम्बुलेन्स चालकलाई कमिसन दिएर विरामीमाथि ठगी धन्दा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ श्रावण २०८१, शुक्रबार १७:०६
450
Shares
विराटनगर/विराटनगरको हस्पिटल चोकमा रहेको श्री हस्पिटलले एम्बुलेन्स चालकहरुलाई मोटो रकम कमिसन दिएर विरामी ल्याउने गरेको पाइएको छ ।

विरामी लगेवापत चालकलाई मोटो रकम दिने भएकोले एम्बुलेन्स चालकले विरामीलाई श्री हस्पिटल पुर्याएने गरेको पाइएको हो ।

कमिसन धेरै दिने अस्पतालको सेवा राम्रो रहेको भन्दै खासगरी ग्रामिण क्षेत्रका विरामी र आफन्तलाई चालकले प्रभावित बनाउने गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीया रञ्जित टुडु पेट दुखेपछि २८ असारमा विराटनगरस्थित कोशी अस्पतालमा उपचारको लागि आएका थिए । आर्थिक अवस्था कमजोर रहेका उनी सस्तोमा सरकारी अस्पतालमा उपचार गराउन कोशीमा आएका थिए ।

कोशीमा आएका उनलाई चिकित्सकले भिडियो एक्स–रे गर्न सुझाब दिए । एक्स–रे गर्दा उनको पेटमा समस्या देखियो । त्यसपछि चिकित्सकले आइसियूमा राखेर उपचार गरिनुपर्ने बताए । तर, कोशीमा आइसियू खाली थिएन । चिकित्सकले निजी हस्पिटल जान भनेपछि उनलाई आफन्तले विराट टिचिङ हस्पिटल लैजाने सल्लाह गरे । विराट जाने सल्लाह अनुसार एम्बुलेन्स लिन कोशीको गेटमा गएका थिए ।

एम्बुलेन्सका चालक रहेकामध्ये एक जनालाई सोधे, ‘विराट मेडिकल कलेज थप उपचारको लागि जानु छ, कति हो भाडा हस्पिटलमा राम्रो र सस्तोमा उपचार हुन्छ, किन विराटमा जानु हस्पिटलमा पुगे । त्यसपछि उनको उपचार सुरु भयो ।

आन्द्रामा समस्या देखिएपछि श्री हस्पिटलका सर्जन डा.अरविन्द यादवले शल्यक्रिया गर्नुपर्ने बताएका थिए । आर्थिक अवस्था नाजुक रहेका टुडुको परिवारले उपचार खर्चबारे सोधीखोजी गरेको थियो । ‘अहिले उपचार गर्दैगर्नु, पछि मिलाएर गरौला’ भन्ने अस्पताल प्रशासनको कुरापछि छोराको उपचार सुरु गरेको बाबु सर्दु टुडुले बताए ।

साउन १ गते रञ्जितको पेटको शल्यक्रिया भएकोमा पाँच दिनपछि रञ्जितको उपचार खर्चको बिल हस्पिटलले थमायो । अस्पतालले ३ लाख २० हजारको बिल बनाएकोमा टुडु परिवारले १ लाख ४५ हजार रुपैयाँ बुझाएपनि थप रकम दिन सकेन । बनिबुतो गरेर गुजारा चलाउने सुकुम्बासी टुडु परिवारले पालेको चौपाया बिक्री र ऋण खोजेर १ लाख ४५ हजार बुझाएका हुन् । हस्पिटलले उपचार सकिएको भन्दै १ लाख ५० हजार र फार्मेशीको ५० हजार गरि थप २ लाख रुपैयाँ माग्दै आएको थियो । तर, उनीहरुसँग तिर्ने पैसा थिएन । ‘सस्तोमा उपचार हुन्छ भनेर आएको, एम्बुलेन्स चालकले फसायो । यत्रो पैसाँ कहाँबाट तिर्नु’ भन्दै टुडु हारगुहार गर्दै आफ्नो निर्वाचन क्षेत्रका सांसददेखि प्रमुख जिल्ला अधिकारीसम्म पुगे ।

छोराको उपचार खर्च मिनाहा गरिदिनुपर्यो भन्दै उनले हारगुहार गरेपछि साउन १० गते नै हस्पिटलले पैसाँ बुझाएर टुडुलाई घर लैजान भनेको थियो । तर, पैसा बुझाउन नसक्दा रञ्जितलाई घर जान दिएको थिएन । कतैबाट पार नलागेपछि टुडु परिवारले श्री हस्पिटलले छोरा बन्धक बनाएको भन्दै बुधबार दिउँसो नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए । त्यसको जानकारी पाएपछि हस्पिटलले २ लाख रुपैयाँ छुट गरिदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर