विराटनगरका सडकबाट ६२ वटा सफारी पक्राउ

खबर पूर्वाञ्चल, १७ बैशाख २०७८, शुक्रबार १८:३९

विराटनगर/ विराटनगर महानगरपालिका क्षेत्रभित्रका सडकमा सञ्चालन भइरहेका ठूलो संख्याका सिटी सफारीलाई प्रहरीले एकै पटक नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सबै सफारी जिल्ला प्रहरी कार्यालय नजिकै रहेको खाली जग्गामा लगेर राखिएको छ । ६२ वटा सफारी आज दिउँसोसम्ममा नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, विना दर्ताका र नम्बर प्लेट बिना नै सञ्चालन गरिँदै आएका सफारीलाई कारबाहीका लागि नियन्त्रणमा लिइएको हो । कानुन उल्लंघन गर्दै चलाइने सफारीका कारण राजमार्ग एवं भित्री सडक खण्डहरुमा दुर्घटना बढेको र ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको जनगुनासो आएपछि कारबाही तीव्र पारिएको जानकारी खड्काले दिए ।

यातायात व्यवस्था कार्यालयमा दर्ता गरेर मात्रै सडकमा सफारी चलाउन पाइने नियम छ । कतिपय सिटी सफारी बिना नम्बर प्लेट सडकमा निर्वाध रुपले सञ्चालन भइरहेको र दुर्घटना गराएमा लिएर चालक तत्काल फरार हुने गरेको प्रहरीको भनाइ छ । नम्बर प्लेट नहुँदा त्यस्ता सफारीको पहिचान मुस्किल पर्ने गरेको एसपी खड्काले बताऐ । जसका कारण दुर्घटनाबाट क्षति पुगेको पक्षले उपचार तथा क्षतिपूर्ति नपाउने अवस्थाको पनि सिर्जना भइरहेको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार कुनै पनि नियम पूरा नगरि व्यस्त सडकमा सफारी कुदाइँदा यात्रुको जीवन पनि जोखिममा परिरहेको छ । लाइसेन्स प्राप्त नगरेको चालक अनुभवि र ट्राफिक नियमका बारेमा जानकार पनि नहुने हुँदा दुर्घटना धेरै भइरहेको उनको भनाइ छ । प्रहरी निरीक्षक खड्काले गलत तरिकाले चलाइएका सफारीलाई कारबाही गर्दा यात्रुको जीवन सुरक्षा हुने र विभिन्न प्रकारका जोखिम कम हुने बताए ।

नियन्त्रणमा लिइएका सफारीलाई प्रहरीले ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही गरेर आगामी दिनमा कानुन अनुसार मात्रै सञ्चालन गर्न पाउने गरी छाड्ने भएको छ । ट्राफिक नियम उल्लंघनको कसूरमा एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्या छ । मोरङमा रहेका पाँच हजार पाँच सयमध्ये विराटनगर

महानगरपालिकाभित्र मात्रै तीन हजार पाँच सयभन्दा बढी सफारी सञ्चालनमा रहेको ट्राफिक प्रहरीले जनाएको छ । ती मध्ये आधाभन्दा बढी सफारी कानुनविपरीत चलिरहेको बताइएको छ । विराटनगरमा सफारीका कारण वैशाख महिनाको हालसम्ममा १५ वटा दुर्घटना भइसकेका छन् । चैतमा २० वटा दुर्घटनामा सफारीको संलग्नता रहेको जानकारी ट्राफिक प्रमुख खड्काले दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५