AArya
RUMPUM
animated ellipse animated ellipse

सामूहिक रुपमा स्वाब सङकलन भएमा पिसीआर रिपोर्ट अर्को दिन आउने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ श्रावण २०७७, मंगलवार २१:४९
45
Shares
विराटनगर / सामूहिक रुपमा स्वाब संङकलन गरेको भोलिपल्ट पिसीआर परीक्षणको रिपोर्ट आउने प्रदेश १ सामाजिक विकास मन्त्रालयले प्रष्ट पारेको छ ।

आज मन्त्रालयले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सामूहिक रुपमा स्वाब नआई विभिन्न स्थानबाट सङ्कलन गरी ल्याएकोले परीक्षणमा ढिला भएको प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए । उनले प्रदेशमा अहिले रहेको कोशी अस्पताल विराटनगरको पाँच सय, प्रदेश ल्याव विराटनगरको पाँच सय र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्यावको पाँच सय प्रतिदिन क्षमता रहेकोमा दैनिक दुई हजार पाँच सय स्वाव संकलन हुने गरेको जानकारी दिए ।

निर्देशक यादवले अहिले पनि प्रदेश ल्यावमा एक हजार, कोशीमा ८५० र वीपी कोइरालामा ९ सय स्वाब सङ्कलन गरी परीक्षणका लागि होल्डमा राखिएको बताए । उनले परीक्षणका लागि ७ देखि घण्टा लाग्ने भएको पिसीआर मेशिनको क्षमता अनुसार स्वाब सङ्कलन भएको कम्तिमा पनि पाँच दिनमा रिपोर्ट आउने प्रष्ट पारे ।उनले घाँटीबाट ३५ देखि ४० र नाकबाट ६५ देखि ७० प्रतिशत पिसीआर रिपार्ट सहि आउने विश्वका सवै क्षेत्रको प्रयोशालामा रहेको जानकारी दिदै केही दिन अगाडि कोशी अस्पताल र वीपी कोइरालाको ल्यावमा गरिएको एक पिसीआर परीक्षण रिपोर्ट फरक आएको धारणा रारे ।

मन्त्रालयका जनस्वास्थ्य महाशाखाका प्रमुख डा सुरेश मेहताले विराटनगर महानगरपालिकाले अन्तर्गत नौ हजार ६८० जनाको पिसीआर परीक्षण गरिएका मध्ये ३६३ जनाको रिपोर्ट पोजेटिभ आएको बताए । उनले प्रदेशमा अहिलेसम्म आठ जनाको मृत्यु भएको जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर