पूर्वाञ्चल खबर



टस जितेर ब्याटिङ गरेको लुम्विनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सवै विकेट गुमाई ७० रनको योगफल बनायो । लुम्विनीका समिर अलीले सर्वाधिक १२ रनबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मधेशका ्प्लेयर अफ द म्याच अविशेख तिवारीले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभरमा १६ रन दिए ।
७१ रनको लक्ष्य पाएको मधेशले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । मधेशका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्विनीका रमेह कुर्मीले ४ विकेट लिँदा सन्तोष यादवले ३ विकेट लिए ।
लिगको सवै खेल सम्पन्न हुँदा सूदुरपश्चिमले ६ खेलमा ५ मा जित र १ खेलमा पराजित हुँदै १० अंकका साथ पहिलो स्थानमा उक्लिएको छ भने लुम्विनीले पनि ६ खेलमा ५ मा जित र १ खेलमा पराजित हुँदै १० अंकका साथ नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ । त्यस्तै गण्डकी ६ खेलमा मा जित र ३ खेलमा पराजित हुँदै ६ अंकका साथ तेस्रो, मधेशले पनि ६ खेलमा ३ मा जित र ३ खेलमा पराजित हुँदै ६ अंकका साथ नेट रन रेटमा पछि पर्दै चौथो स्थानमा, वागमती ६ खेलमा २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अंकाका साथ पाँचौ स्थानमा, कर्णाली ६ खेलमा २ मा जित र ४ खेलमा पराजित हुँदै ४ अंकका साथ छैठौ स्थानमा र कोशी ६ खेलमा १ मा जित र ५ खेलमा पराजित हुँदै २ अंकका साथ पुछारमा रहेको छ ।