animated ellipse animated ellipse

दोस्रो संस्करणको मिल्स गोल्डकप चैतमा, तयारी तिब्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० फाल्गुन २०७८, शुक्रबार ११:२७
315
Shares
विराटनगर / दोस्रो संस्करणको मिल्स गोल्डकप हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टका आयोजनामाआउँदो चैत १२ देखि १९ गतेसम्ममिल्स गोल्डकप हुने भएको हो ।

‘रानी मिल्स एरियाको एतिहासिक पहिचान गराऔ । अत्तित्तदेखि वर्तमानसम्म फुटबल खेलको गरिमा बढाऔं’ भन्ने मुलनाराको साथ मिल्स गोल्डकप हुन लागेको ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।

भब्य र सम्भ तरिकाले दोस्रो संस्करणको मिल्स गोल्डकप सफल बनाउनलागि परेको ट्रस्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए । ‘२९ माघमा बसेको बैठकले मिल्स गोल्डकपलाई निरन्तरता दिने निर्णाय भएको थियो । त्यही अनुसार अहिले गोल्डकप ट्रष्टको सचिवालय पनि स्थापना भएर अहिले कामहरु भइरहेको छ,’ उनले भने, ‘गोल्डकप सफल बनाउन हामी सबै लागि परेका छौं ।’ यस पटकको गोल्डकपमा विभाग्य टिमसहित स्थानिय फुटबल क्लबहरु ल्याउने आयोजकले तयारी गरेको छ ।

‘यस अघि पनि बिभागिय टिम रहेको थियो । यस पटक पनि आउनेछन्,’ गोल्डकपको संयोजक किशोर सुब्बाले भने, ‘यसपटक मधेश प्रदेश र धनकुटाबाट फुटबल क्बलले सहभागि जनाउनेछन् । त्यसको लागि हामीले तयारीमा जुटेका छौं । ’ विभागीय टिमसहित आठ वटा टिम गोल्डकपमा सहभागिहुने छन् । जसमा गाईघाट, धरान, गोलबजार प्रतिभा फुटबल क्लब, झापाको दमक, एपिएफ, धनकुटा, उर्लाबारी, साईनो ईस्पोटस क्लब रानी मिल्स एरिया विराटनगरको सहभागि हुने छन् ।

पहिलो संस्करणको मिल्स गोल्ड कप फुटबल टुर्नामेन्ट प्रतियोगिताबाट आयोजकले ३७ हजार ४ सय ७२ रुपैयाँ मुनाफा गरेको थियो । गत चैत १४ गते सम्पन्न गरेको उक्तप्रतियोगितामा सो बरावरको रकम मुनाफा गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गराउन विराटनगर महानगरपाकिाले १ लाख ७६ हजार ६ सय ७७ रुपैयाँ सहयोग गरेको थियो । प्रतियोगिताको लागि विभिन्न संघसंस्था र फुटबल प्रेमीहरुबाट जम्मा ११ लाख ६९ हजार ५ सय ८२ रुपैयाँ संकलनभएको थियो ।

पहिलो संस्करणमा मिल्स गोल्डकपमा ११ लाख ६९ हजार ५ सय ८२ रुपैयाँ खर्च भएको थियो ।

प्रथम मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको थियो । फाइनलमा साइनो स्पोर्ट्स क्बल रानी मोरङलाई पेनाल्टीसुट आउटमा ४–३ गोलले पराजित गर्दै एपीएफले नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि हात पारेको थियो भने उपविजेता भएको साइनोले ७५ हजार रुपैयाँ पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर