animated ellipse animated ellipse

आज थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ६५ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ जेष्ठ २०७७, आईतवार १९:२३
3
Shares
विराटनगर / प्रदेश १ मा आज थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ६५ पुगेको छ ।

आज झापामा ४ र मोरङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ६५ पुगेको हो ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा विराटनगर महानगरपालिकाका १ झापाको गौरीगञ्ज गाउँपालिकाको ४ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित सबै भारतबाट आएकाहरु हुन ।

विराटनगर–१२ मा एकजनालाई कोरोना संक्रमण पुष्टि महिला भारतबाट आएको विराटनगर महानरगपालिका १२ का अध्यक्ष हिरालाल कामतले जानकारी दिए । संक्रमित महिला भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी थिइन ।

त्यस्तै गौरीगञ्ज– ६ मा प्राथमिक स्वास्थ्य चौकीमा बसिरहेका ५१ मध्ये ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको सवैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

झापामा सबैभन्दा धेरै १ सय ११ जना संक्रमित फेला परेका छन् । तीमध्ये सय जना एउटै गाउँपालिका कचनकवलका स्थानीय हुन् ।

उनीहरू सबै लकडाउनकै बेला भारतबाट आएका थिए । झापापछि उदयपुरमा ३३ जना संक्रमित फेला परेका छन् । उनीहरू सबै कोशी कोभिड १९ उपचार केन्द्रमा उपचार गरी घर फर्किसकेका छन् ।

संक्रमितहरूको संख्याका हिसाबले तेस्रो नम्बरमा धनकुटा छ । धनकुटामा ७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी मोरङमा ५ जना , सुनसरीमा ४ संखुवासभामा २, सोलुखुम्बु, भोजपुर र खोटाङमा १–१ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा हालसम्म इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र ओखलढुंगामा संक्रमित फेला परेका छैनन् । ताप्लेजुङ हिमाली र बाँकी सबै पहाडी जिल्ला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर