खबर पूर्वाञ्चल
इप्रका रंगेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काको नेतृत्वमा लुटपाट र कुटपिट मुद्दामा दोशी ठहर भई सजाय पाएका १८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी आज मोरङ अदालत उपस्थित गराएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले बताए ।
पक्राउ पर्नेहरुमा मोरङ जहदा गाउँपालिका ४ का ४० वर्षीय रमेश रिषिदेव, सोही ठाउँका ३५ वर्षीय अकाल देवी रिषिदेव, ५० वर्षीय मानिकचन रिषिदेव, ६० वर्षीय फागुलाल रिषिदेव, ४० वषीया लिलम देवि रिषिदेव, ।५५ वर्षे मदनलाल रिषिदेव, ४५ वर्षे बिषेश्वर रिषिदेव, ६८ वर्षे सुकल मुखिया, ।५५ वर्षे सितया देवी मुखिया, ७१ वर्षे रामेश्वर मुखिया, ४३ वर्षे बुधन मुखिया, सुनवर्षी नपा २ का ५५ वर्षे प्रमोद साह, सोही ठाउँका ३६ वर्षे गंगा साह, ३९ वर्षे अनिल साह, ६० वर्षे मनोज कुमार साह, ४० वर्षे दिल कुमारी साह, ५६ वर्षे गणेश साह र ५१ वर्षे पुष्पलाल आचार्य रहेको मोरङ प्रहरीका डिएसपी दाहालले बताए ।
मोरङ अदालतले २०७१ चैत १७ गते र २०७५ कार्तिक १८ गतेको फैसलाबाट उनीहरु दोशी ठहर भएको थियो । अदालतले दोषी ठहर गरेपछि उनीहरु फरार थिए ।
जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुदै कानून प्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागि परेको मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए । ‘पीडक पक्षलाई कानूनवाट भाग्न वा वच्न सकिदैन भन्ने डर पैदा गर्न फरार अभियुक्त पक्राउमा प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आईरहेको छ,’ उनले भने, ‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौं । अदालतको फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी फरारी पक्राउ गरिएको हो ।’ अपराध गरेर जतिदिन लुकिछिपि वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन भन्ने सन्देश पनि दिएको एसपी पोखरेलले बताए ।
‘अपराध गरेपछी सजाय भुक्तान नगरी वचेर वस्न सकिदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमवाट समाजमा अपराधको न्यूनिकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ एसपी पोखरेलले भने ।