पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त

खबर पूर्वाञ्चल, १ जेष्ठ २०७८, शनिबार १७:५८

काठमाण्डौ /पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८ हजार १ सय ६७ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४६ र ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० पुगेको छ । होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघेको छ ।

मन्त्रालयका अनुसार एक लाख १ हजार ७ सय ७१ संक्रमित होम आइसोलेसनमा छन् । ७ हजार ९ सय ६९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ सय ८७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या ४ हजार ८ सय ५६ पुगेको छ। १ हजार ३ सय ३१ जना आइसियु र ३ सय ७० जना भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भएका मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५