RUMPUM
animated ellipse animated ellipse

जेलरको सरुवाको माग राख्दै मोरङ कारागारका कैदी बन्दी आन्दोलित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ जेष्ठ २०८०, सोमबार २०:५७
189
Shares
विराटनगर / मोरङ कारागारका जेलर धुब्रप्रसाद कोइरालाको सरुवाको माग राख्दै यहाँका कैदी बन्दी आन्दोलित भएका छन् ।

जेलर कोइरालाले कैदी बन्दीहरुलाई अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू आजदेखि आन्दोलित भएका हुन् ।

विरामी भएर उपचारमा जान खोज्दा समेत कोइरालाले रकम माग्ने गरेको यहाँका कैदीबन्दीहरुको आरोप छ । उपचारका लागि जान समेत नदिने गरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको गुनासो छ । उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर कोइरालाविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले ‘घुस खोर, भ्रष्ट्राचारी, कमिसन खोर जेलर चाहिँदैन, उपभोग्य बस्तु खरिद गर्न चौकीदारलाई बाहिर जान दिनुपर्छ, मोरङ कारागारबाट भ्रष्ट्राचार जेलरको तत्काल सरुवा गर, कारागारभित्र आउने र कारागारबाट जाने उपभोग्य बस्तुमा जेलरले कमिसन माग्न पाइँदैन, उपचार गर्न जाँदा रकम माग्न पाइँदैन, लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका छन् ।

केही दिन अगाडी १२ जना कैदीबन्दीहरूले उपचारको लागि सहजीकरण गरिदिन माग राख्दै मानव अधिकार आयोग, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश सहित आधा दर्जन बढी निकायमा पत्र पठाएका थिए ।

पुर्पक्षका लागि मोरङ कारागारमा रहेका शेहँसा सिद्दिकी (अव्दुल खताव) रफुल मियाँ, दिपक दास, बलबहादुर नेपाल, ओमप्रकाश मण्डल, अक्षय मण्डल, साहिद मियाँ, काजीमान पुरी, शक्ति मण्डल, मो जहाँगिरलगायतले बारम्बार कारागार प्रशासनलाई चिठ्ठी पठाउँदा समेत जेलर कोइरालाले कुनै हस्पिटल जान नदिएको भन्दै उनीहरूले आधा दर्जन बढी निकायमा पत्र पठाएका थिए ।

यता मोरङ कारागारका जेलर कोइरालाले भने यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । उनले कारागार व्यवस्था ऐन २०७९ को दफा २२ अनुसार कैदी बन्दीलाई उपचारमा लग्ने गरेको बताए । उनले कैदी बन्दीलाई स्वास्थ्यमा समस्या देखिएको खण्डमा कोशी अस्पतालमा चेकजाँच हुने बताए । कैदी बन्दीको आफूखुसी जुनमा मन लागो त्यही जाने व्यवस्था नभएको उनले बताए । मोरङ कारागारमा आजसम्म १ हजार ६३ कैदी बन्दी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर