विराटनगर / उपेक्षित उष्णप्रदेशिय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न ३ तहको सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने वक्ताहरुले बताएका छ्न ।
प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवश २०७९ को अवसरमा विराटनगरमा आयोजित कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन् । विशेषगरि गर्मी ठाउँ र सिमान्तकृत समुदायमा देखिने कुष्ठरोग, लुतो, हात्तिपाइले, रेबिज, कालाजार , सर्पदंश, माटोबाट सर्ने जुका , फित्तेजुका, डेंगु र चिकनगुनिया र खस्रे रोग जस्ता १० वटा रोगहरु उपेक्षित रोगमा पर्नेगरेको बताएको छ ।
स्वास्थ्य मन्त्री निर्मला लिम्बुले १० वटा रोगहरु प्राथमिकतामा नपरे पनी यी रोगहरु गम्भीर किसिमको भएको बताइन्। उनले स्वास्थ्य क्षेत्रको लागि संघमा बजेट भए पनि प्रदेश १ जहिले पनि ओझेलमा पर्ने गरेको गुनासो गगरिन्।मन्त्री लिम्बुले रोगलाई रोकथाम र नियन्त्रण गर्न उपचार संगै जनचेतना आवश्यक रहेकोले स्थानीय भाषालाई प्राथमिकतामा राखनु पर्नेमा जोड दिइन्। उनले यस्ता रोगहरुलाई नियन्त्रण र रोकथाम गर्न पर्याप्त बजेट नभेकोले चाहे अनुसार काम गर्न अफ्ट्यारो हुने गरेको बताइनर। उनले आगामी दिनमा यस्ता रोगहरुको रोकथाम र नियन्त्रणको लागि आवश्यक बजेट र स्रोत साधनको ब्यवस्था गर्ने प्रतिबद्धता गरिन् ।
स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले रोग नियन्त्रण र निवारण गर्ने कुरामा ३ तहको सरकारले अपन्तव लिदै सबैको सहभागिता र सहकार्यमा अगाडि बढाउनु पर्नेमा जोड दिए।
प्रदेश १ स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. सुरेश मेहताले स्वास्थ्य मन्त्रालयको बजेट न्यून हुने भएकोले त्यही अनुसार काम गर्दा शुक्ष्म तहमा गर्नु पर्दा गाह्रो हुने गरेको बताए। उनले जुन क्षेत्रमा जुन रोग का संक्रमितहरु छन त्यसलाई मध्ये नजर गर्दै प्रभावित क्षेत्र औषधि सेवन संगै जनचेजना फैलाउने काम गर्ने गरेको बताए। सरकारले विभिन्न रोगहरुको लागि बजेट छुटयाए पनि उक्त बजेट पर्याप्त नभएको गुनासो गरे ।
प्रदेश १ नगरपालिका संघका प्रमुख तथा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले उपेक्षित यी १० वटा रोगलाई नियन्त्रण र निवारण गर्न ३ तहको सरकार बिच एकीकृत सहकार्यको आवश्यकता रहेको बताए। उनले स्वास्थ्य क्षेत्र जटिल र संवेदनशील क्षेत्र भएकोले यसलाई सुरक्षित राखन ३ तहको सरकारको समन्वय संगै पर्याप्त बजेट आवशयक रहेको बताए।
प्रदेश पत्रकार महासंघ प्रदेश १ को अध्यक्ष लिला बल्लभ घिमिरेले १० वटा रोग ओझेलमा परेको कुरा आई रहदा राज्य स्वास्थ्य क्षेत्रमा गम्भीर नभएको बताए। उनले सरकारको प्राथमिकतामा शिक्षा र स्वास्थ्य नपरेको आरोप लगाए। उनले सरकारले पत्रकारलाई स्वास्थ्य क्षेत्रमा दक्ष बनाउन अहिले पनि अगाडी नसरेको बताए। ‘अहिले गरौ , एकै साथ गरौ, उपेक्षित उष्णप्रदेशिय रोगहरुमा लगानी गरौ’ भन्ने मुल नाराका साथ उक्त दिवस प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित तथा फेयर मेड र एन एल आर को सहयोगमा विराटनगरमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको प्यानल छलफल जनस्वास्थ्यबिद कैलाश खाकी श्रेष्ठले संचालन गरे।
तपाईको प्रतिक्रिया