RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ मा भर्ना भएको विद्यार्थीलाई केभिएम स्कूलको अभिमुखीकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० भाद्र २०७८, आईतवार १८:४८
981
Shares
विराटनगर / विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिरले कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका बिद्यार्थीहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका कार्यकारी प्रधानाध्यापक राजेशकुमार दासको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रम अनलाइन विधिबाट भएको थियो । दासले तीन दशक लामो इतिहास बोकेको बिद्यालयको शैैक्षिक गतिविधि र आजका दिनसम्म विद्यालयले हासिल गरेको उपलब्धिका बारेमा प्रकाश पारेका थिए ।

नेपाल सरकारद्वारा परिमार्जित माध्यमिक तहको अवधारणा अनुसार यसै सैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ लाई एकै मोडालिटीमा सञ्चालन गर्न लागेको विद्यालयका निर्देशक धीजनबाबु काफ्लेले बताए । प्रि मेडिकल र प्रि इन्जिनिरिंग कक्षा सञ्चालन गरिनुका साथै नियमित पाठ्यक्रममा सहजीकरण गरिने विद्यालयका प्रमुख प्रशासक सीएम रिजालले बताए ।

कार्यक्रममा अंग्रेजी विभाग प्रमुख सनद भट्टराई र विद्यालयका सञ्चालक समितिका सदस्य चुडा श्रेष्ठले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर