खबर पूर्वाञ्चल
कलेज परिसरमा आज एक कार्यक्रमको बीच ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
कलेजका ईसान सिंह यादव, अमित यादव, रोहनकुमार प्रभाकर, सविना चौधरी, अनमोल झा, कृपा खड्का, शत्रुधन साह र आकृती बस्नेतलाई कलेजले सम्मान गरेको छ । उनीहरुले एमबीबीएस अध्ययनको लागि पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएकोले कलेजले सम्मान गरेको कलेजले जनाएको छ । उनीहरुलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे।
एमबीबीएसमा पूर्ण क्षेत्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी अमित यादबले कडा मेहनतको कारणले आज सफलता मिलेको बताए । लगनशील भएर अध्ययन गर्दा एक दिन सफलता मिल्ने उनले बताए। लक्ष्य लिएर पढदा एमबिबिएसमा नाम निकाल्न सफलता मिलेको उनले बताए । ‘कक्षा कोठा र घरमा नियमित १५ घण्टा पढदा एक दिन सफलता मिल्छ,’ उनले भने ।
यसैगरी एमबीबीएमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने अर्का छात्रा कृपा खड्का शिक्षकहरूले पढाइको र हाम्रो मेहनतको कारणले सफलता मिलेको सुनाइन् ।
कार्यक्रममा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरालाले विराटनगर शैक्षिक हबको रुपमा विकास भईरहेको बताए । अहिले युवा जनशक्ति विदेश पलायन भइरहेको जानकारी दिदै युवा पलायन रोक्न अबको शिक्षा रोजगारमुखी शिक्षा हुनुपर्नेमा जोड दिए । उनले आजको आवश्यकता प्राविधिक शिक्षा जरुरी भएको बताए । प्राविधिक ज्ञान भएका विद्यार्थी वेरोजगार बस्न नपर्ने भएकोले अबको प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया