animated ellipse animated ellipse

७ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा प्रदेश १ मा आज थपिए २ सय ७० जना कोरोना संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०७८, बिहीबार १८:०१
765
Shares
विराटनगर / प्रदेश १ मा आज ७ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ ।

मोरङमा १ सय ३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १ सय ६ जना, सुन्दरहरैचामा १०, बेलबारी र कटहरीमा ४–४, उर्लाबारी र धनपालनथानमा ३–३, जहदामा २, केराबारीमा १ र स्थानीयतहनखुलेका २, झापाको विर्तामोडमा १७, मेचीनगरमा १०, दमकमा ८, भद्रपुरमा ५, गौरीगञ्जमा ४, शिवसताक्षी र अर्जुनधारामा २–२, हल्दिबारी, कनकाई र बा¥हदशीमा १–१ र स्थानीयथहनखुलेका २, सुनसरीको धरानमा २३, इटहरीमा १२, इनरुवामा ८, रामधुनी र बराहक्षेत्रमा ३–३, गढी, कोशी, भोक्राहानरसिंह र स्थानीयतहनखुलेका १–१, इलामको इलामनगरपालिकामा ३, फाकफोकथुममा २, देउमाई र सुर्योदयमा १–१, ताप्लेजुङको फुङलिङमा ३, मिक्वाखोलामा २, धनकुटामा २, उदयपुरको त्रियुगामा १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ३ सय ६० पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार १५ संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ५५ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर