animated ellipse animated ellipse

प्याब्सन विराट कप भोलीदेखि शूरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ जेष्ठ २०८१, आईतवार १८:१२
225
Shares
विराटनगर / तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्ट भोलीदेखि शूरु हुने भएको छ ।

प्याब्सन विराटनगरको आयोजनामा हुने उक्त प्रतियोगिता भोलीदेखि विराटनगरस्थित सहिद मैदानमा हुने भएको हो ।

प्याब्सनले विराटनगरमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । असार ५ गते हुने प्रतियोगिताको फाइनलमा विराटनगरका २३ वटा विद्यालयले भाग लिएको प्याब्सन विराटनगर फुटबल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले नगद ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख रुपैयाँ लाग्ने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए ।

प्रतियोगिताको विभिन्न ८ वटा विधामा पुरस्कार वितरण पनि गरिनेछ । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको अध्यक्ष बुढाथोकीले बताए ।
गत वर्षको विजेता विराटनगरको डनबक्सको स्कुल भएको थियो । यस पटकको प्रतियोगिता भयरहित वातावरणमा भव्य र सभ्य तरिकाले प्रतियोगिता हुने प्याब्सन विराटनगरका पूवै अध्यक्ष इन्द्र राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर