AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङको धनपालथानमा करेन्ट लागेर मजदुरको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ भाद्र २०८२, मंगलवार १९:०५
81
Shares
विराटनगर /मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित कनक फर्निचर उद्योगमा काम गर्दै गर्दा करेन्ट लागेर मजदुरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार धनपाथान–४ का ५० वर्षीय सानबहादुर दमाइको आज दिउँसो १ बजेर १० मिनेटतिर मृत्यु भएको हो । बिजुलीको मिटर सफा गर्दै गर्दा उनलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तत्काल उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो ।

मेडिकल पुर्याउनसाथ उनलाई मृत घोषित गरिएको थियो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर