खबर पूर्वाञ्चल
संकर भनेको छ्यासमिस हुनु हो । वर्णहरूको मातृभाषाको खोज हालसम्म सबैको भइसकेको छैन । झनै वर्ण संकरहरूको भाषा साहित्य लिपि, लेखनको खोज हुन सक्ने त कुरै भएन । समाजले नश्ल रक्षा गर्नु पर्दछ भन्छ । तर शारीरिक प्रेम र माया प्रीतिका कारण विश्वमा शुद्ध नश्ल रक्षा गर्न मूलतः मानिसले नै सकिरहेको छैन । प्रायः वर्णको क्रम टुट्नु हुँदैन भन्ने मान्यता नेपाली समाजले राख्तछ । ती ‘उहिलेका कुरा खुइले’ भन्नेहब नेपाली समाजमा वाक्लै छन् ।
यो लेखले उच्च वर्णको बाबु र तल्लो वर्णकी आमा क्रस भई बेमेल वर्णका सन्तानहरू जन्मन्छिन् भन्छ । सन्तान जन्मनु प्राकृतिक नियम नै हो । आमा वा बाबुको दोषका कारण वर्ण व्यवस्था मान्नेहरूमा, भाषा, साहित्य, संस्कार आचार इत्यादिमा फरक पर्छ र असर गर्दो रहेछ । प्राचीन शासकहरूले समाज व्यवस्थाको अध्ययन गरी भाषा, भेष भूषा, संस्कृति इत्यादि फरक हुन्छन् भने र फरक देखाए । यसकारण भात पानी निन्दा प्रशंसा , भित्र ,बाहिर भेद गरेको देखिन्छ । यसरी जनजातिहरूल आर्य भन्दा आफूहरूको फरक संस्कृति भएकोप्रति गर्वले फुलेल हुन्छन । तराई, पहाड, हिमाल सबै स्थानमा बसोबास गर्ने फरक संस्कृतिलाई जागाउनु पर्छ भन्नेमा पनि गर्व गर्छन् । सँगसँगै भाषा हराए जाति हराउँछ जाति हराउदै जाँदा राष्ट्र राष्ट्रियता हराउँछ ।
राष्ट्र राष्ट्रियता हराउँदा देशै हराउन सक्दछ । भाषा हराएका कतिपय देश विश्वबाट लुप्त भएका छन् । यिनै विषयलाई यो लेखले उठान गरेको छ । जस्तो पलगण्ड र लेपकहरू, लिपपोत गर्नेहरु भए । तुन्नवायः सौचिक यी सूचीकारहरू हुन् । शस्त्रमार्ज र असिधावकहरू, हात हतियारमा सान लगाउनेलाई भन्न थालियो । पादूकृतहरू चर्मकारहरू हुन् । व्योकार, लोहकारक विश्वकर्मा, नाडिंधम, स्वर्णकार, कलाद, रुक्म कारक,आदि सुन बनाउनेहरू हुन् । शौल्विक ताम्रकुटकः कसाल तावाका भाँडा वर्तन बनाउनेहरू हुन् ।
यी काम गर्नेलाई जवर्दस्त जाति बनाइएर भात पानीमा पनि फरक गर्नु पर्छ भन्न थालियो । य सबैलाई नीच जात र तल्लो जात र माथिल्लो जात भनेर संस्कृत भाषाले भनेको देखिदैन । यस्तो नभनी र केही उल्लेख नगरिए पनि पेसा, व्यवसाय, काम, माम र दामका आधारमा वर्ण सङ्करहरूलाई यिनीहरू मध्येबाटै उच्च र नीच जात भन्न थालेका हुन् । यिनीहरूको मातृ भाषा , साहित्य र लिपिको अन्वेषण र खोज गरी अध्ययन हुन सकेको छैन यो लेखमा द्वितीय श्रोतको प्रयोग छ । वर्ण वेमेल पद्धति र सिद्धान्तद्वारा जन्मन गएकाहरूका भाषा हराएका जातिका लिपि, मातृभाषा र साहित्य खोइ त ? कता गए ? यही भन्न खोजिएको छ ।
शब्दकुञ्जी
एकान्तर . एउटै वर्णको मात्र फरक
प्रतिलोम .उच्च वर्णको आमा नीच वर्णको बाबु
अनुलोम .उच्च बर्णको बाबु नीच वर्णकी आमा
अनुलोमका सन्तान एकान्तर, अम्बस्ट र उग्र हुन्
प्रतिलोमको एकान्तर छत्ता र वैदेह हुन् । यिनीहरूका
बोलीचाली, आनीबानी र व्यवहार,भाषा, सँस्कृति, लिपि, साहित्य
क्रियाकलाप खानपान र व्यवहार अधम किसिमका गर्छन् भन्ने गरिन्छ ।
समस्या कथन
१.भाषा हराए जाति हराउँछ किन भनिएको हो ?
२. वर्ण र जातमा के भेद छ ?
३. प्राचीन जाति लोप हुनाका कारणहरू के के हुन सक्लान् ?
४. भाषा र जातिको संरक्षण कसरी गर्न सकिएला ?
५. के समाजमा प्राचीन जातिका भाषा र साहित्य जीवित छन् त ?
उद्देश्य ः–
जाति र वर्णको मात्र भाषा र सािहत्य हुन्छ । वर्ण र वर्ण संकरहरूका पिता पुर्खाको भाषा, मातृभाषा, साहित्य र लिपिको उपयोग र जो जसबाट जन्मन्छ उसले प्रथम पटक भाषा सिक्ता बाबुआमाकै भाषाको उपभोग गर्दछन् ।
भाषा भूगोलको भिन्नता , बसाँइसराँइ प्रकृति, मौसमका आधारमा फरक र भिन्न हुन्छ । अनुलोम जाति र प्रतिलोम जातिले बसाइसराईका कारण पिता पुर्खाको भाषा साहित्य र लिपिप्रति त्यति चासो र ध्यान दिएनन् । त्यस्ता भाषाको पनि संरक्षण गर्न सकेनन् र विवाहप्रति पनि त्यति ख्याल नगरी यत्र तत्र सर्वत्र जथााभावी माया प्रेम गर्दै हिड्न थाले अनि आफ्नो मातृभाषा नबोल्नेहरूका स्थानमा गएर बसोवास गरेपछि भाषा, साहित्य, संस्कृति, रीति, नीति परम्परा सबै छोडदै गएका हुन्छन् । यसरी आफ्नो कूल मर्यादा छोडेर अर्काको कूल, वंश रीतिको समीप रहदा रहदै तिनका छोराछोरीले आफ्नो पुरर्वौलीको भाषा, साहित्य, धर्म परम्परा छोडिदै जान्छन् । त्यसकारण आफ्नो वंश संरक्षण गर्न र अनमेल जातिमा विवाह वा प्रेम गर्नाले र बसाइ सर्ने क्रममा समेत ध्यान दिनु उपयुक्त हुन्छ । यी सबै कारणले गर्दा भाषा मातृभाषा र मातृपितृ संस्कार छोडिन पुगेका हुन् । यसको संरक्षण गर्न आफ्नो समाजमै रहनु पर्दछ निच र उच्च भन्ने विषय ब्यक्तिmका कमजोरी हुन् । शास्त्र सम्मत छैनन् । भन्ने देखाउनु यो लेखको उद्देश्य रहेको छ ।
भाषा हराएको जातिहरू
भाषाका अनुसन्धान कर्ताका अनुसार वर्णको क्रम टुट्नु हुँदैन भन्ने मान्यता रहेको छ । अनुलोम विधि अथवा उच्च वर्णको बाबु नीज वर्णकी आमा क्रस भई वेमेल वर्णमा जन्मेको उसका सन्तानहरू आमाको दोषले गर्हित वा पितृसदृश गर्भ दोषको कारण पिताका वर्णमा मेल खान नसक्ने हुन्छन् । यस्ताको भाषा, भेष, संस्कृति र सँस्कारहरू पनि फरक हुन सक्छन् । यस्ता भाषाका वक्ताले वर्णहरू र अक्षरहरूको उच्चारण गर्दा फरक हुन्छ । जस्तो उनीहरूले तातो भन्नु प¥यो भने थातो वा टाटोको उच्चारण हुन्छ,ठूलो भन्नु पर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्नेमा थुलो भन्दछ । यस्ता भाषामा अनेकौं उदाहरण हुन् सक्छन् । भन्ने गरिन्छभाषा हराए जाति हराउँछ । जाति हराए राष्ट्र र राष्ट्रियता हराउँछ । राष्ट्र राष्ट्रियता, आचार र सँस्कार हराउँदा देशै हराउन सक्दछ । विश्वमा भाषा हराएका कैंयौ देश , देशै हराएका पनि छन् । यिनै विषयमा यहाँ चर्चा गरिएको छ ।
एकतह मुनिकाको भाषा
आफुभन्दा एक तह मुनिको वर्णसँगका स्त्रीबाट जन्मिएका सन्तानका बाबुबराजुले जस्तो भाषा बोल्छन् तिनीहरूपनि त्यस्तै भाषा बोल्छन् । यस विषयमा यस्तै सनातन भाषिक विधि बताइएको छ । अथवा दुई वा त्यसभन्दा बढी वर्णको अन्तर परेकी स्त्रीबाट जन्मिएका सन्तानका लागि जातिय नियम निम्न प्रकारका रहेका छन् ।
१. वैश्य कन्यासँग ब्राहणबाट जन्मिएका सन्तानलाई अम्बस्ट भनिन्छ । अम्बष्टको स्थानीय र मातृ भाषाको अन्वेषण हुन् सकेको छैन । यी जाति तराई तिर पाइन्छन् । यिनको भाषा जो जस्तोसँग बस्छन् उनको भाषा पनि त्यस्तै बोल्छन् । शूद्र कन्याले जन्माएका ब्राहणका सन्तानलाई निषाद भनिन्छ । यिनीहरूको भाषा साहित्यको खोजी हुन् सकिरहेको छैन । यस्तै निषादलाई ‘पारशव’ पनि भन्दछन् । यी पारशव कुन स्थानमा छन् ? कस्तो भाषा बोल्छन् ? यसको निक्यौल हुन सकेको छैन । यिनको मातृ भाषा के हो ? लिपि चिन्हहरू कुन प्रयोग गर्छन् ? अध्ययनको विषय बन्न सक्छ । भाषाविदले जाति खोज्दै भाषाको अन्वेषण गर्नु पर्दछ । यस्तो हुन सकिरहेको छैन । यिनीहरूका भाषा कुन परिवार भित्र पर्दछन् ?
२. क्षत्रियले शूद्रकन्याबाट जन्माएका सन्तानहरू क्रुर आचारका हुन्छन् । तिनको व्यवहार, भाषा, ब्याकरण तथा आचरणलाई जन समक्ष ल्याउन सकिएको छैन । भन्ने गरिन्छ यिनका पिता क्षत्रिय भएकाले पिताको स्वभावका र आमा शूद्र भएकाले शूद्रका आमाको स्वभाव हुने हुँदा यस्तो सन्तानहरू उग्र स्वभावका हुन्छन् र यिनलाई कामका र स्वभावका आधारमा ‘उग्र’ भनिएको हो ।
माथिल्लो वर्णबाट तल्लो जातमा जन्माएका सन्तानको परिचयः–
३. ब्राहणले क्षत्रिय, वैश्य र शूद्र स्त्रीहरूबाट जन्माएका, क्षत्रियद्वारा वैश्य र शूद्र स्त्रीहरूबाट जन्माएका र वैश्यले शूद्र स्त्रीबाट जन्माएका सन्तान गरी ६ किसिमका हुन्छन् । यी सबैलाई अपसद्’ भनिन्छ । यी अपसद जातिको लिपि, वर्ण, अक्षर, पद र भाषाहरूको अध्ययन अनुसन्धान र अन्वेषण हुनु पर्दथ्यो ।त्यो हुन सकेके छैन । विज्ञ जनको ध्यान त्यतातर्फ हालसम्म पुग्न सकेको छैन ।
तल्लो वर्गको पिताबाट माथिल्लो वर्गकी कन्याबाट जन्माएको सन्तानको परिचयः–
४. ब्राहणको कन्याबाट क्षत्रियले जन्माएका सन्तानहरू सूत जातिका हुन्छन् । वैश्यले ब्राहण कन्याबाट जन्माएका सन्तान ‘मगध’ हुन् । सूतको भाषाको टुङ्गो नलागे पनि मगधको भने भाषा, साहित्य र लिपि पाइन्छ । यस भाषाको विश्वविद्यालयहरूमा पठन पाठ पनि हुन्छ । यो आञ्चलिक र क्षेत्रीय भाषा भित्र पर्दछ । भारतमा यो भाषाको विभाग नै अलग्गै छ ।
५. वैश्यले क्षत्रिय कन्याबाट जन्माएका सन्तानहरू ‘वैदेह’ हुन् । ‘वैदेह’ रामचन्दकी पत्नी ताजीहरूलाई वैदेही नै भनिन्छ ।वैदेही हरण जटायु मरण सुग्रीव सम्भाषणम भनेर रामायणमा पनि भनिएकोछ । मिथिलातिर यो भाषा जनकपुरका आसपास बोलिदो रहेछ भन्ने अनुमान लगाउन सकिन्छ ।
६. ब्राहण, क्षत्रिय र वैश्य कन्याबाट शूद्रले जन्माएका वर्णसङ्कर सन्तानहरू क्रमशः बा्रहणबाट जन्मेकाहरू आयोगवहरू हुन् । यिनीहरूको पनि भाषा, साहित्यको ठेगान छैन । यसै गरी क्षत्रियबाट जन्मेका सन्तानलाई ‘क्षत्ता’ भनिन्छ । वैश्यबाट जन्माएका सन्तान कार्यव्यपारका आधारमा अधम जातिका हुन्छन् (मनुस्मृति आ. १० श्लोक १३)। प्रतिलोम उच्च वर्णकी आमा र नीच वर्णको बाबुबाट जन्मेका सन्तानलाई भनिन्छ । यिनीहरूको मौलिक भाषा कस्तो बोल्थे ? त्यसको अध्ययन हुनुपर्दथ्यो त्यो हुन सकेको छैन ।
७. अनुलोम तरिकाबाट जन्म लिएका सन्तान एकान्तर हुन् । यी एकान्तर,र अम्बष्टहरू उग्र स्वभावका हुन्छन् । प्रतिलोम भएर जन्म भएका एकान्तर वर्णमा जन्मिएका छत्ता र वैदेहरू पनि उग्र स्वभावकै हुन्छन् । अनुलोम भन्नाले उच्च (माथिल्लो) वर्गको बाबु र नीच वर्णकी आमा भएका अवस्थामा र प्रतिलोम भन्नाले त्यसको उल्टो उच्च वर्णकी आमा भएको र नीच वर्णको बाबुबाट जन्मेका सन्तानहरूको भाषा, रहन, सहन, व्यवहार आदिमा अन्तर हुन्छ ।यिनका भाषा, बोली, संस्कार र व्यवहारमा पनि फरक पर्ने गर्छ । एकान्तर भन्नाले एउटै मात्र वर्णको फरक हुन्छ । सन्तानहरू दोस्रो, तेस्रो र चौथोसम्म पनि फरक हुन्छ । यी सबैको क्रियाकलाप, भाषा, बोली, बानी व्यवहार, भेषभूषा पनि फरक पर्दछ ।
८. कर्म, संस्कार गरेपछि एउटा जन्म, आमाका गर्भबाट अर्को जन्म यी दुई जन्मलाई द्विजाति भनिन्छ । ब्राहण, क्षत्री र वैश्यहरूको उपनयनादि संस्कार गरिएपछिको अवस्थामा यी तीन जातिहरू द्विजाति भनिन्छन् । शूद्रको कर्म संस्कार गरिदैन । नेपाली जातिहरू कामी ,दमै र सार्कीहरूले पनि षोडश संस्कार मध्ये सबै संस्कार नगरे पनि नामाकरण, अन्न प्राशन, कर्णवेद र चूडाकर्मसम्मगर्ने गर्छन् । तसर्थ यिनीहरू पनि यदि षोडश संस्कारमा प्रवेश गर्दछन् भने यिनलाई पनि कार्यका आधारमा द्विजातिभन्दा हुन्छ । जे भए पनि नश्ल रक्षा गर्न समान कुलकी समान वर्णकी कन्यासँग विवाह गरिनु पर्दछ । यदि अनुलोम, प्रतिलोम र एकान्तर विधिबाट जन्मन गएका सन्तानहरू आमाका दोषले आमाकै वर्णका मानिन्छन् तर नेपालमा भने बाबुका थर र आमाको वर्णमा राख्ने चलन पनि जिउँदो जाग्दो छ । अद्यावधि आमाको थरबाट सन्तानको थर राख्न थालेका छन् । यस्ताका सन्तानकाभाषा र भाषिकाका भेदहरू यिनीहरूका कथनलाई सूक्ष्म नियालेर अध्ययन गर्दा देख्न सकिन्छ ।
९. क्षत्रिय बाबु र शूद्र आमा भएर जन्मिएका कुमार र कन्या ‘उग्रा’ भनिन्छन् । उग्राबाट ब्राहणले जन्माएका सन्तान आवृत्त हुन् । वैश्य आमा र ब्राहण बाबुबाट जन्माएका कुमार र कन्यालाई अम्बष्ट भनिन्छ । ब्राहणले अम्बष्टबाट जन्माएका सन्तानहरू आभिर हुन्। आभिर कङ्का यवना खसादय (भागवत द्वि अ ४) । वैश्यआमा र शुद्रबाट जन्मेएकी कन्या ‘आयोगवी’ हुन् । ब्राहणले आयोगीबाट जन्माएका सन्तानलाई धिग्वण भनिन्छ ।
१०. प्रतिलोम रीतिले जन्मिएका आयोगव, क्षता र चाण्डाल मानिसहरू शूद्रभन्दा पनि सधै नीच कर्म गर्ने हुन्छन् । यिनीहरूको भाषा र लिपिको अन्वेषण हुन् सकेको छैन् ।
११. प्रतिलोम रीतले वैश्यले क्षत्रिय र ब्राहण स्त्रीबाट जन्माएका सन्तानहरू क्रमशः ‘मागध’ र वैदेह भएका हुन् । त्यसैगरी क्षत्रीयले ब्राहण स्त्रीबाट जन्माएका सूतहरू यी तीनका तुलनामा सबैभन्दा श्रेष्ठ कामका आधारमा मानिन्छन् ।
१२. शूद्र स्त्रीबाट निषादले जन्माएका सन्तानहरू पुक्कस हुन् र निषाद स्त्रीबाट शूद्रले जन्माएका सन्तानलाई “कुक्कुट” भनिन्छ । खोटाङ बजार र बडका भन्दा तल एउटा महादेव छन् जसलाई कुक्कुटेश्वर वा कुटेश्वर महादेव भनिन्छ । यसको लौकिक नाम खुटेश्वर हो । यो कथा हिमबत् खण्डको ११२ र ११३ मा पाइन्छ ।
१३. ‘उग्र’ कन्याबाट ‘छत्ता’ले जन्माएका पुत्रलाई ‘श्वपाक’ भन्दछन् । ‘अम्बष्ट’ कन्याबाट वैदेहले जन्माएका सन्तानलाई ‘वेण’ भनिन्छ ।
१४. द्धिजातिहरूले सर्वण स्त्रीबाटै सन्तान जन्माएर पनि उपनयन सँस्कार गरेनन् भने तिनले सावित्री सुनेका हुँदैनन् त्यसकारण छोराको ‘ब्रतबन्ध’ संस्कार समयमा गर्नुपर्छ यदि गरिएन भने त्यो दोषका कारण तिनीहरू सवित्रीबाट भ्रष्ट हुन्छन् । त्यसरी सावित्रीबाट भ्रष्ट भएकाहरू ‘ब्रात्य’ भनिन्छ । वर्तमान नेपालमा सावित्री न सुनाउनेहरू आजभोलि प्रशस्तै भेटिन्छन् छन् । यसमा गर्व गरेको देखिन्छ। लौकिक कथन छ यिनीहरूको दिमाग , चेतना बुद्धि क्रस भएको कारण उत्कृष्ट हुन्छ भन्ने गरिन्छ । जे दोषका कारण होस् यिनीहरूको भाषा बोली ब्यवहार पनि क्रमश आचार, विचार, स्वभाव ईष्र्यालु रक्रुर किसिमको हुन्छ ।
१५. ‘ब्रात्य’ ब्राहणहरूबाट “भूर्जकन्टक” नाम गरेका पापिष्ट कार्यगर्नेहरू जन्मन्छन् । तिनीहरू जातका आवन्तर्य हुन् । आवन्तर्यबाट जन्मेका सन्तानलाई दुबै जातमा ‘धान’ पुष्पध र शेख भनिन्छ । शेख मुसलमान पनि हुन्छन् । शेखहरू पञ्जावी र मुसलमान दुवै जातिमा पाइन्छ । यिनीहरू कतिपयको भाषा र लिपि पनि पाइन्छ ।
१६. क्षत्रियवर्णका ‘ब्रात्य’ बाट जन्मिएका सन्तानहरू ‘झल्ल’ मल्ल, लिच्छिवि, नट ,करण, खस र द्रविडहरू हुन् । नेपालका सतारहरू द्रविड वर्गका हुन् र दक्षिण भारतमा सबै जातका द्रविडहरू पाइन्छन् । कर्णाली प्रदेशतिर खस भाषा बोल्ने खस जाति नेपालमा पनि पाइन्छ । यो क्षेत्रका खस मतवाली क्षेत्री कहिन्छन् । कर्णाली प्रदेशका आसपासमा बस्ने क्षत्री पहिले यिनीहरू मतवालीका रूपमा चिनिन्थे । ती क्षत्रीहरूलाई खस भनिन्थ्यो ।
१७. वैश्य वर्णका ब्रात्यबाट स्वजातीय स्त्रीले जन्माएका सन्तानहरू सुधन्वाचार्य, कारूष्य, विजन्मा, मैत्र र सात्वत हुन् । यी कतिपय जातिहरूको पुराणमा पनि उल्लेख पाइन्छ । जस्तो मैत्रेयउवाच ।
१८. वर्ण सङ्करहरूमा सबै वर्णले परस्परमा व्यभिचार गर्नाले, गोत्र भित्र विवाह गर्नाले र आ–आफ्नो कर्म छोड्नाले वर्णसङकर हुन जान्छन् । नेपालमा भने यसै प्रकारका वर्ण सङ्करकै हिजोआज अधिकभन्दा अधिक बाहुल्य छ ।
अनुलोम र प्रतिलोम जातिका स्त्री र पुरूषबाट जन्मिएका वर्ण सङ्करहरूले परस्परमा व्यभिचार गरी जन्माएका सबै जातका सन्तानका विषयमा संक्षेपमा तल उल्लेख गरिएको छ ।
वर्ण संङ्कर
१८ वर्ण सङ्कर ६ किसिमका मुख्य मानिएका छन् । (१) सूत (२) वैदेहिक (३) नराधम (४) चाण्डाल (५) मागध (६) क्षत्ता (७) आयोगव गरी ६ किसिमका छन् ।
यी छ किसिमका आमा बाबुबाट आफ्नै सजातीय वा आमाका जातिका कन्याहरूले आफ्नै जात अनुसारका सन्तानहरू जन्माउँछन् । जस्तै क्षत्रिय, वैश्य, शूद्र यी तीन वर्णले क्षेत्रिय र वैश्य यी दुई वर्णका विवाहित स्त्रीहरूबाट ब्राहणले अनुलोम क्रमानुसार उत्पन्न गरेका सन्तान असल कर्म गर्छन् भने मात्रश्रेष्ठ हुन्छन् । त्यस्तै वैश्य र क्षत्रियले, क्षेत्रिय र ब्राहण कन्याबाट जन्माएका सन्तानभन्दा सुकर्म थप्न सके भने क्रमश स्वभाव सुधार्दाश्रेष्ठ हुने गर्छन् ।
उपयुक्त माथि बताइएका वर्णसङ्करहरूले परस्परका स्त्रीबाट उभय क्रमले घटिया कार्यका आधारमा अत्यन्त निन्दित सन्तान उत्पन्न गर्छन् । यस्ता सन्तानको भाषा साहित्य पनि उत्कृष्ट हुनु पर्दथ्यो त्यो हुन सक्तैन । त्यो उनीहरूका कार्यबाट पत्ता लाग्ने गर्दछ ।
जसरी शूद्रले ब्राह्म्ण स्त्रीबाट चाण्डाल सन्तान जन्माउछन् । उस्तै किसिमले चारै किसिमका चाण्डालहरूले आफ्ना जातिबाट आफूभन्दा तल्लो घटिया कार्य गर्ने निन्दित सन्तान जन्माउँदै जान्छन् ।
प्रतिकूल अवस्थामा रहेका वाह्य र अन्तर्य कार्यका आधारमा हीन सन्तानलाई चार वर्णका स्त्रीहरूले जन्माउँछन् र स्व जातीय स्त्रीहरूबाट पन्ध्र– पन्ध्र किसिमका वाहतर र अन्तर्य हीन जाति उत्पन्न गर्छन् । यो लेखले हीन जाति भनेका जातिहरूउनीहरूले गर्ने व्यवहार आनीवानी, चालचलन, खानपान, बोलीचाली, भेषभूषा, आचार विचार इत्यादि र समाजले गलत भनेर औल्याएका काम गर्नेलाई यहाँ हीन कर्म गर्नेलाई सङ्केत गरिएको हो ।
१९. जीविकाका (वृत्तिका) आधारमा परिचय पाउन सकिने जाति आयोगव स्त्रीले दस्युबाट जन्माएका सन्तानलाई सैरिन्ध्र भन्दछन् । तिनीहरूले केश विन्यास सम्बन्धी श्रृङ्गारको काम गर्दछन् । पहिले द्रौपदीले पनि यही काम गरेको हुनाले द्रौपदीलाई पनि सैरन्ध्री भनिएको थियो । कहिले कसैको जुठो नखाइकन दासवृत्ति र व्याधाको काम गरेर पनि यिनीहरू जीवन निर्वाह गर्दछन् । माथि बताइएका स्त्रीबाट वैदेहले जन्माएका सन्तान मैत्रेय हुन् । तिनीहरू जीविका चलाउनका लागि मीठो बोल्ने, सूर्योदयका समयमा घण्टा बजाउदै मानिसहरुका प्रशंसा गरी हिड्छन् । यिनीहरू कसैको पनि भाषा,लिपि,साहित्य छुट्टाछुट्टै भएको अनुसन्धान गर्नेहरूबाट देखिएको छैन ।
माथि बताइएका स्त्रीहरूबाट जन्माएका सन्तानलाई “मगध” वा दास भनिन्छ । तिनीहरू डुङ्गा चलाएर जीवन निर्वाह गर्दछन् । आर्यवर्तमा रहनेहरूले यस्तालाई कैवर्त वा केवट भन्दछन् । यिनीहरूको भाषा जुन भाषा भाषी भएका मानिससँग बस्छन् त्यही भाषाभाषी प्रयोग गर्छन् ।
माथि उल्लेख गरिएका सैरिन्ध्र, मैत्रेय र मागधहरू (भार्गव) पनि मरेका मानिसका लुगा लगाउने, जुठो खाने र हीन कर्म गर्ने जातिका आयोगीहरूबाट जन्मने हुनाले भिन्न भिन्न किसिमका हुन्छन् र कर्म पनि त्यस्तै गर्छन् ।
निषद्जातिले वैदेह पत्नीबाट जन्माएका सन्तान ‘काराबर’ नामको चर्मकार जाति हो । यसै गरी वैदेह जातिले माथि बताइएका पन्तीहरुबाट जन्माएका सन्तानहरु क्रमशः अन्ध्र र मेद हुन् । यिनीहरू गाउँभन्दा बाहिर बस्तछन् । गाउँ बाहिर रहन मनपराउँछन् ।
वैदेहिक स्त्रीबाट चाण्डालले जन्माएका सन्तानहरू पाण्डुसोपाक हुन् । तिनीहरू बाँसबाट अनेक वस्तु बनाएर जीविका चलाउँछन् । निषादले वैदेहिक पत्नीबाट अहिण्डिक नामका सन्तानहरू जन्माउँछन् ।
चाण्डालले ‘पुक्कसी’ स्त्रीबाट जन्माएका सन्तान स्वपाक हुन् । यिनीहरूले आफ्ना मूल व्यवसायका रुपमा बधिक वृत्तिलाई अपनाउने गर्छन् त्यसो हुनाले सज्जनहरूबाट यी समाजबाट निन्दित हुन्छन् ।
निषाद जातिका स्त्रीहरूले चाण्डालबाट अध्यावसायी सन्तानहरू जन्माउँछन् । यिनीहरू मशानको काम गर्छन् । यिनीहरू चाण्डालभन्दा पनि हीन कार्य गरेका हुन्छन् ।
वर्णसङ्करका सन्तान यस प्रकारका जातिहरू आमाबाबुका भेदबाट देखाइएको छ तापनि गोप्य रूपमा र खुला रुपमा अरू पनि अनेकौ यस्ता जातिहरू हुन्छन् । तिनलाई उनीहरूका कर्मले नै चिन्नु पर्दछ ।
द्विजातिमा सजातीय स्त्रीहरूबाट र फरक जातिबाट अनुलोम क्रममा जन्मने द्विजातिमा छ किसिमका सन्तानहरू शूद्रकै समान हुनाले द्विजत्वको योग्य हुँदैनन् ।
माथि बनाइएका सजातीय र अनुलोमहरूले युगयुगसम्म तपस्या गरेकाले र बीजका प्रभावले भएका जन्मबाट मनुष्यका बीजलाई उच्चता र नीचता प्रदान गरेका हुन्छन् ।
पहिले बताइएका क्षत्रिय जातिहरूको उपनयन आदि क्रियाकलाप हुनाले र ब्राहणले अध्ययन अध्यापन आदि कर्मको दर्शन नगर्नाले यसै लोकमा शूद्रत्वलाई प्राप्त गर्दछन् ।
१. पौण्डक २. औण्ड ३. द्रविड ४. काम्बोज ५. यवन ६. शक्त
७. पारद ८. पह्णे ९.चीन, किरात १०. दरद ११. खस
यिनीहरु कर्म लोप भएका कारणले शूद्रत्वमा पुगेका हुन् । ब्रह्मले आफ्नै शरीरलाई चार भाग गरे ब्रह्मका मुखको रूपमा ब्राहण, ब्रह्मका बाहुको रूपमा क्षत्रिय, ब्रह्मका तिघ्राका रुपमा वैश्य र ब्रह्मका पाउलाई शूद्र भनियो । शूद्र भन्दा बाहिरका जातिहरू चाहे म्लेच्छ होऊन् वा आर्य जुनसुकै भाषा बोलुन् वा जुनसुकै देशमा बसोबास गरून् ती सबैलाई ‘दस्य’ भनिन्छ ।
कामका आधारमा जाति
सुतले घोडाको सइस वा रथको सारथी भई काम गर्दछ । सँगसँगै अम्बष्टको काम घोडाको उपचार वा चिकित्सक भइकाम गर्दछ । वैदेहको काम स्त्रीहरूको खोपीको रक्षा गर्ने गर्छ । मागधको काम स्थल मार्गमा ज्याला मजदूरी गर्ने हो ।
(क) निषादको काम माछा मार्ने
आयोगको काम दाउरा चिर्ने
आन्ध्र जङ्गली पशुपंक्षीकोको शिकार खोज्ने
चुच्चु जङ्गली पशुपंक्षीकोको शिकार खोज्ने
मद्गहरूको जङ्गली पशुपंक्षीकोको शिकार खोज्ने
(ख) क्षताको काम ओडार र दुलामा बस्ने प्राणी समाउने, बाँध्ने र मार्ने काम हो ।
उग्रको प्राणी समाउने, बाँध्ने र मार्ने काम हो
पुक्कस प्राणी समाउने, बाँध्ने र मार्ने काम हो
(ग) धिग्वणहरूको काम छाला काड्ने र बेच्ने हो ।
(घ) वेणको काम बाँजा बजाउने हो ।
बसोबास
(क) यी माथि उल्लेख गरिएका जातिहरूको बसोबास गाउँको नजिकै विशेष किसिमका रूखका फेदमा, श्मशानको नजिक पहाडमा अथवा वन उपवनमा पेसा र सुविधा अनुसार बस्छन् ।
(ख) चाण्डल र श्वपचको बस्ने ठाउँ गाउँभन्दा बाहिर हुनुपर्छ । यिनीहरूसँग भाँडा कुँडा हुनु हुँदैन र यिनीहरूको कुकुर र गधा नै सम्पत्ति हुन् ।
स्वभाव
मृतकका बस्त्रहरू यिनीहरुले लगाउनु पर्छ । टुटेफुटेका भाँडाहरू चलाउनु पर्छ । फलामका गरगहना धारण गर्छन् । सधैं ठाउँ बदल्दै हिड्नु गर्छन् ।
सामाजिक मान्यता
(क) धार्मिक मानिसले यिनीहरूसँग बोलचाल विहावारी र लेनदेन आदि व्यवहार गर्ने गर्दैनन् । उनीहरूका साँस्कृतिक कार्यक्रम लेनदेनका व्यवहार आपस आपसमा हुन्छन् ।
(ख) यिनलाई खान दिदा छुट्टै अथवा टुटेफुटेका भाडाँमा नोकरलाई खान दिनु लगाउनु पर्छ भन्ने गरिन्छ । यिनीहरूले राति गाउँ र सहरमा घुम्नु हुँदैन् ।
(ग) यिनीहरूले राजाको आज्ञाबाट राज चिन्ह धारण गरेर दिउँसो कामका लागि घुम्नु पर्छ र कोही आफन्त मृतकको लासलाई फाल्नु पर्छ भन्ने निर्णय समाजको छ ।
(घ) शास्त्रको नियमानुसार राजा वा सरकारबाट मृत्युदण्ड पाएकाहरूको बध गर्नुपर्छ र तिनीहरूका लुगा कपडा, खाट ओच्छयान र गरगहनाहरू लिनु पर्दछ ।
मानिस चिन्हे आधार
(क) चार वर्णमा नपरेका वर्ण, थाहा नभएका र कदुषित योनिबाट जन्मिएकाहरू अनार्य मानिएका हुन् । उनीहरूलाई कर्मले चिन्नु पर्दछ ।
(ख) अनार्यता अर्थात् अभद्रता, निष्ठूरता क्रुरता, अकर्मव्यता जस्ता लक्षण यस संसारमा कलुुषित योनिका मानिसहरूमा हुन्छन् ।
आचरण
माथि उल्लेख गरिएका मानिसहरू बाबु आमाको अथवा दुवैको शील स्वभाव अनुसार नै आचरण गर्ने हुन्छन् । त्यस्ता दुष्ट कुलमा जन्मेकाले कुनै हालतमा पनि आफ्नो असली रूपलाई लुकाउन सक्दैेनन् ।
उच्च र श्रेष्ठ कुलमा जन्मिएर पनि वर्णसङ्कर भएकाहरूले पनि आफूलाई परम्पराबाट जन्माएकाहरूको स्वभाव छोड्दैनन् । धेरै थोरै आफ्ना पूर्वजको स्वभाव उसमा पक्कै आइ हाल्दछ ।
जहिले र जाहाँ वर्णलाई नै दुषित गराउने वर्णसङ्करहरू जन्मन्छन् । त्यो देश पूजा रहित छिट्टै नै विनाश हुन्छन् । आपद कालमा ब्राहणको, गाईको, स्त्रीहरूको, बालकको रक्षागर्नका लागि यी प्रतिलोम जातिका व्यक्तिहरूले यिनीहरूका प्राणको रक्षा गर्न र बलिदान दिने स्वर्ण अवसर पाउँछन् ।
आचार धर्म
अहिंसाको व्यवहार गर्नु, सत्य वचन बोल्नु, चोरी नगर्नु, पवित्र रहनु र इन्द्रिय नियन्त्रणमा राख्नु यस्ता कुराहरू चारै वर्णका धर्म हुन् भनेर मनुले आफ्ना पालाका समाजमा चलाएको चलन हो । यो आज पनि उत्तिकै सान्दर्भिक छ ।
जातवृद्धि हुने तरिका
ब्राहणले शूद्रकी कन्याबाट जन्माएकी छोरीको विवाह बाहणसँग गर्ने क्रमले सातौं पुस्तामा पुगेपछि उनीहरू पूर्व योनिबाट मुक्त भएर ब्राहण नै हुन्छन् ।
शूद्रले ब्राहणत्व र ब्राहणले शूद्रत्व जसरी पाउँछन् उसै गरी क्षत्रिय र वैश्यबाट उत्पन्न शूद्रले पनि क्षत्रियत्व र वैश्यत्व प्राप्त गर्छन् ।
राजी खुशीबाट कुनै वैवाहिक जाति
राजी खुशीले अविवाहित शूद्धकी कन्याबाट ब्राहणले जन्माएको र ब्राहणकी कन्याबाट उही अवस्थामा शूद्धले जन्माएको सन्तान मध्ये कुन श्रेष्ठ हुन्छ भन्ने शङ्का लाग्यो भने
पाक आदि र यज्ञ सम्बन्धी गुणका दृष्टिले उपयुक्त हुने देखिएका स्थानमा शूद्रकन्याबाट ब्राहले जन्माएका सन्तान श्रेष्ठ हुन्छन् । शूद्रले ब्राहणकी कन्याबाट जन्माएका सन्तानहरू अनुपयुक्त मानिन्छ ।
यी माथि उल्लेख गरिएका यी दुई किसिमका सन्तानहरू मध्ये पहिलो गुण रहित हुनाले र दोस्रो प्रतिलोमज हुनाले उपनयादि संस्कार र यज्ञोपवित धारणा गर्नका लागि अधिकारी हुँदैनन् भन्ने धर्म शास्त्रको नियम भन्दा पनिव्यावहारिक समाजको नियम लागू हुन्छ. । भन्ने गरिन्छ जात दिने राजाजाले भात दिने भाइले । यिनीहरूका लिपि, साहित्य र.भाषाको अनुसन्धान हुन जरुरी छ । नेपाली लेखक पश्चिमले लेखेको मात्र प्रमाण मान्दछन् । आफ्नु भाषा हराएकाप्रति चासो र चिन्ता गर्दैनन् । हामी भाषा र साहित्यको खोज गरौं । यो राष्ट्रलाई परचक्रीको हातबाट जोगाउदै वर्ण वर्णसङ्कर पनि हाम्रै सन्तति हुन् भन्ने भाव समाजमा उमारौं भन्ने निष्कर्ष निक्लिएको छ ।
निष्कर्षः–
ब्राहण, क्षत्री, वैश्य यी तीन वर्णबाट आपस आपसमा वेमेल विधिबाट विवाह भएर जन्मेका सन्तानहरू वर्णसंङ्कर हुन् । हाकाहाकी र लुकीछिपी दुई किसिमबाट सन्तान जन्मेका हुन्छन् । कतिपयले पहिलेदेखि नै मागी, चोरी ,लुकीछिपी भावनामा बगी, बढी क्रान्तिकारी र प्रगतिशीलको ढ्वाङ रची वर्णसङ्करका पिता माता बन्नेहोडले ऊभन्दा म के कम भन्ने उद्देश्यले यस्तो कार्य प्रथा चलेको छ चलाएका हुन्छन् ।
स्वस्थ समाज निर्माण गर्न चाहना राख्नेहरूका लागि यो आजका लागि ठूलै चुनौती भएको छ । जातीयताको खरानी रुपी रङ घस्ने नयाँ जोगीहरू र फुटाऊ राज गर भन्नेहरू फाइफुट्टी लाउदै बढी जात पातका कुरा गर्छन् । वादका कुरा गर्ने पनि यिनै हुन् । अर्कोतिर तिललाई पहाड बनाउने बाबुआमा र तिनका छोरा छोरीले पश्चिमी संस्कार र संस्कृतिका दास बन्दै वैश्विक कुरा गरी पश्चिमले जातपात नमिल्दा यत्रो प्रगति गरिरहेका छन् भन्दै आफ्नो बाबुभन्दा पराईका बाबु वा झड्केलो बाबु राम्रो, आफ्नी आमाभन्दा पराईकी सौतेनी आमा राम्री भन्ने संकीर्ण मानासिक सोचले नेपालको मातृ भाषा, साहित्य र संस्कारहरू दिन प्रतिदिन शीतमा फालेको फलामझै खिया लाग्दैछ ।
सालको अग्राखमा र अन्य रुखमा धमिरा लागे झै संस्कार, संस्कृति र भाषा खिइदै गइरहेको छ । देश भाषा, राष्ट्र र राष्ट्रियता र मातृ भाषाको रक्षार्थप्रति बेलैमा ध्यान नदिने हो र अन्य देशको नराम्रो पनि राम्रो मान्ने धारण र विचारलाई अघि सार्दै अनुसरण गर्दै जाने हो भने भाषा र साहित्यले चाँडै नै दुरावस्था खेप्नु पर्छ । त्यसकारण लगडो सोच अविलम्ब परिवर्तन गरिनु पर्छ । अनुलोम र प्रतिलोम जातिबाट जन्मभएका सन्तान र शाखालाई पुनः अग्रगमनभन्दा अझ भाषिक प्रतिगमनतर्फ उन्मुख गराई जातियताका मामलामा एक दुईगर्दै सुधादै लैजानु पर्छ । म ,मेरो, आफ्नो अनुलोम र प्रतिलोम भएका जातजातिको कहाँबाट मूलछुट्टिन गएको हामी जातजाति हौं र जरो किलो कहाँबाट सुरु भयोको अध्ययन गरिनु पर्छ । यस्तो सोच कहाँबाट अलग भएको थियो ? त्यसको नालीवेली र जरो किलोको अन्वेषण गर्दै जानु पर्दछ ।
आफ्नो इतिहास आफै खोज्ने र अरु विज्ञ र प्राज्ञलाई अनुसन्धान विधिबाट खोज विन गर्न हौसला प्रदान गर्न अत्यन्त जरुरी छ । र यसको निक्यौलि र निकास खोज्न विकासवादी सिद्धान्ततिर ढल्कदै जानु पर्दछ । सूत, मैत्रेय, मागध यस्ता धेरै वर्ण सङ्करहरू हाम्रो समाजमा विद्यमान छन् । तिनको मूल खोजी गरेर अन्तर्य विधिबाट बाहिरी सतहमा ल्याउनु पर्छ । संगसंगै राम्रो संस्कार र सुधारिएको आचार अपनाउदै गएमा शूद्रबाट ब्राहण र ब्राहण बाट शुद्र« हुने वर्ण क्रमलाई बुँझाएर नीतिगत र नैतिकवान् नेपाली समाजलाई स्वस्थ बनाउनु आजको टडकारो आवश्यकता हो भन्ने यो लेखको निष्कर्ष लिक्लेको छ । अस्तु छाँया शरीरे प्रतिबिम्ब गात्रे यत्स्वप्न देहे हृद्धि कल्पिताङ्गे । यथात्मबुद्धिस्तव नास्ति काचिज्जीवच्छरीरे तथैव मास्तु ।। (विवेक चूडामणी÷श्लोक १६५) छाँया, प्रतिबिम्ब, स्वप्न र मनमा कल्पना गरिएका शरीरमा तपाइँको कहिल्यै पनि आत्मबुद्धि पलाएको हुँदै हुदैन । उसै प्रकारको जातिय भेद बुद्धि आत्म र परात्म बुद्धि शरीरमा कहिल्यै नै हुदैन । अमरसूक्ति–पृ१३९ भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति जीत वैभव भाषामै बाँच्दछन् जातिहरू पछिसम्म यी ।(बालबृष्ण सम)।
सन्दर्भग्रन्थ ः–
१. कल्याण, वर्ष ७८ संख्या७ पूर्ण संख्या ९३२, गोरखपुर, सौर फाल्गुन वि.स २०५९ फरवरी २०६३ ई.स
२. कल्याण वर्ष ७७ संख्या २ पूर्णसंख्या ९१५, गोरखपुर, सौर फाल्गुन वि.स २०५९ फरवरी २०७३ ई.
३. अमरकोश,२०१७ः२०४
४. अनुवादक, स्वामी ब्रहेशानन्द, (२०१२) ध्यान,नागपुर, धन्तोली मार्ग, स्वामी ब्रहस्थानन्द राम कृष्ण मठ,
५. कट्टेल, सुमन(२०७५) अमर सूक्तिहरू, नेपाल, काठमाण्डौ, रत्न पुस्तक भण्डार
६. मनुस्मृति अ.१०
तपाईको प्रतिक्रिया