animated ellipse animated ellipse

परीक्षा र निवन्धका उत्कृष्ट विद्यार्थीलाई विराटनगरको शिक्षादीपले गर्यो सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०८१, बुधबार १८:२७
207
Shares
विराटनगर / विराटनगरस्थित शिक्षादीप कलेजले मेडिकल र इन्जिनियरिङको पूर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने र निबन्ध प्रतियोगिताको उत्कृष्ट २० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ ।

कलेजले आज एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको हो ।

निवन्ध प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयसहित उत्कृष्ट २० जना र मेडिकल र इन्जिनियरिङको पूर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कलेजले मेडिकल र इन्जिनियरिङको पूर्व अभ्यास परीक्षा गर्दै आएको छ । केही समय अगाडी गरेको इन्जियिरङितर्फको कक्षा १२ को पूर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने आयूष रिजाल, रुषन दाहाल, गौरव भट्टराईलाई पुरस्कृत गरिएको हो । त्यसैगरी कक्षा १२ मा अध्ययरत मेडिकलतर्फ लिएको पूर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने गौरव सिंह, महमद सादिक अमिन, पुष्पराज तिम्सिना, जयन्ती मण्डल र अमन साहलाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी कक्षा ११ मा मेडिकलको पूर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने निहारीका ढकाल, सिरिन भट्टराई र इन्जिनियरिङ अन्तगत भट्टराइलाई कलेजले नगदसहित सम्मान गरेको छ ।

त्यसैगरी कलेजले ओजोन दिवसको अवसर पारेर ‘ओजोन तह विनास र संरक्षणका उपायहरु’ शीर्षकमा निवन्ध प्रतियोगिता आयोजना गरेको थियो । कक्षा ११ र १२ का गरी विज्ञान संकायका १५० जना विद्यार्थीहरु सहभागि भएको उक्त प्रतियोगिताको प्रथम साम्राघी बस्नेत र सिरिन भट्टराई, द्धितीय शकिल अहमद हक र मोनालिसा यादव
तथा र तृतीय सदिक्षा राई भएका थिए । उनीहरुसहित उत्कृष्ट २० जनालाई कलेजले सम्मान गरेको थियो । सम्मानित भएका विद्यार्थीहरुलाई कलेजका प्रिन्सिप ज्ञानबहादुर खड्का, निर्देशक भुपेन्द्र दाहाल र विज्ञान संकायका संयोजक नवीन रोयले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

  1. Xori lai nai first garne ho vane jahile kina yestro program ko natak garnu direct xori first vanda vayi halyo 😂😂😂 Sub lai thaha nai xa ta bau founder xori harek ma first. 😂😂😂मलाई बाल😂😂😂

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर