AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जन्मदोष पहिचानको लागि विराटनगरका नर्सिङ कर्मचारीहरुलाई अभिमुखीकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ आश्विन २०७८, सोमबार १८:२१
531
Shares
विराटनगर / अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत नर्सिङ कर्मचारीहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १, करुणा फाउन्डेसन नेपाल र विराटनगर महानगरपालिकाको आयोजनामा जन्मदोष पहिचानको लागि नर्सिङ कर्मचारीहरुलाई भएको अभिमुखीकरण कार्यक्रममा विराटनगर महानगरपालिका अन्र्तगत रहेका १९ वटै स्वास्थ्य संस्थाका २० जना को सहभागिता रहेको करुणा फाउण्डेसनका कार्यक्रम अधिकृत राजिवकुमार चौधरीले बताए ।

अभिमुखीकरण पछि जन्मदोष पहिचान गर्न नर्सिङ कर्मचारीहरु सक्षम हुने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञाबहादुर वस्नेतले विश्वास व्यक्त गरे । अभिमुखीकरण कार्यक्रमको समापन कार्यक्रममा उहाँले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमका लागि मन्त्रालयले करुणा फाउण्डेसनसँगको सहकार्यमा कार्यक्रमहरु अघि बढाईएको बताए ।

करुणा फाउन्डेसनले यसअघि रतुवामाई, सुनबर्षी, धनपालथान, रंगेली, जहदा, कटहरी र बुढीगंगामा जन्मदोष पहिचानको लागि नर्सिङ कर्मचारीहरुलाई अभिमुखीकरण दिईसकिएको कार्यक्रम अधिकृत चौधरीले बताए ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर