नाट्टा कोशी प्रदेशको अध्यक्षमा भट्टराई निर्विरोध निर्वाचित

खबर पूर्वाञ्चल, २ भाद्र २०८०, शनिबार १८:४९
288
Shares
विराटनगर / नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगरमा नाट्टाको आज सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि नाट्टाको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

नाट्टाको अध्यक्षमा निर्वाचित भएका भट्टराईले कोशी प्रदेशको पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा सरकारसँग हातेमालो गरेर अगाडी बढ्ने बताए । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको कोशी प्रदेशमा प्रचार प्रसारको कारणले थुप्रै गन्तव्यहरू ओझेलमा परेको बताए । यसको प्रवर्द्धन गर्दै पर्यटकीय गन्तव्यको रूपमा कोशी प्रदेशलाई अगाडी बढाएर लैजान नाट्टा र सरकार हातेमालो गरेर अगाडी बढ्नुपर्ने उनले बताए । आर्थिक मन्दीको कारणले ट्राभल व्यवसाय धारसाय बन्दै गएको बताउँदै नवनिर्वाचित अध्यक्ष भट्टराईले राज्यले धरौटी लिने एक लाख रुपैयाँ हटाउनुपर्नेमा जोड दिए ।

नाट्टाको निवर्तमान अध्यक्षमा उदय श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शेखर ढकाल, उपाध्यक्ष सजीत तामाङ, महासचिव नवराज खरेल, सचिव जीवन पराजुली, कोषाध्यक्ष सुरेन्द्र भण्डारी रहेका छन् । नाट्टाको सदस्यहरूमा मोहन सेलवाल, धर्म सिवाकोटी, गौरव श्रेष्ठ र गोपाल खड्का रहेका छन् ।

नाटाको साधरण सभा र अधिवेशनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरे । कार्यक्रममको उद्घाटन गर्दै उनले नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरी कोशी प्रदेशको पर्यटकीय क्षेत्रको विकासमा सरकार लागि पर्ने बताए । कोशी प्रदेश पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको प्रदेश भएकोले कारणले आन्तरीक र बाहिय पर्यटक भित्र्याएर अगाडी बढन निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५