खबर पूर्वाञ्चल
आयोजक ओमानलाई नेपालले ३९ रनले पराजित गरेको हो । नेपालले दिएको सामान्य १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ओमानले १७ अभेभरमा ७८ रनमा अलआउट भए पछि नेपालले विजयी शूरवात गरेको हो ।
टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रनको सामान्य स्कोर बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हन् ।
पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बम १६, विवेक यादवले ७ रन जोडे । कप्तान सन्दीप लामिछाने १६ रनमा अविजित रहे ।
ओमानका खवार अलीले ३ विकेट र विलाल खानले २ विकेट लिँदा फयाज बुट र जिसन मुक्सुदले १–१ विकेट लिए ।
ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् । नेपालका लागि कमल सिंह ऐरी ३ विकेट, कप्तान सन्दीप लामिछाने उप–कप्तान दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिँदा अविनाश बोहरा र जितेन्द्र मुखियाले १–१ विकेट लिए । नेपालले अव शनिबार फिलिपिन्ससँग खेल्ले छ ।
तपाईको प्रतिक्रिया